भारततर्फ विद्युत् निर्यात सुरू, ऊर्जामन्त्री भन्छन्- लोडसेडिङको हल्ला निराधार « Khabarhub

भारततर्फ विद्युत् निर्यात सुरू, ऊर्जामन्त्री भन्छन्- लोडसेडिङको हल्ला निराधार


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘लोडसेडिङ भयो’ भनेर सामाजिक सञ्जालमा फैलाइएको हल्ला आधारहीन भएको बताएका छन् ।

मन्त्री खड्काले अहिले नेपालको विद्युत् उत्पादन बढेसँगै आन्तरिक माग पूरा गरी बुधबारदेखि भारततर्फ निर्यात सुरू भएको जानकारी दिएका छन् ।

प्रतिनिधिसभा पूर्वाधार विकास समितिको बुधबार बसेको बैठकमा बोल्दै मन्त्री खड्काले नेपालको आन्तरिक माग पूरा गरेपछि भारततर्फ निर्यात सुरू गरिएको बताए ।

उनले भारतबाट ३५० मेगावाट विद्युत आयात भइरहेको अवस्थामा वर्षा लागेसँगै उत्पादन बढेर आयात रोकेर निर्यात थालिएको बताए ।

मन्त्री खड्काले हिउँदमा उत्पादन घटेका बेला करिब एक हजार ५५ मेगावाटसम्म विद्युत् भारतबाट आयात गरिएको उल्लेख गरे ।

तर अहिले उत्पादन बढेपछि सर्वसाधारण र उद्योगलाई समेत पर्याप्त विद्युत् पुग्नेगरी आपूर्ति भइरहेको उनले बताए ।

मंगलबार मध्यरातदेखि भारतमा १५० मेगावाट विद्युत बिक्री गरिएको मन्त्री खड्काले बताए ।

पछिल्लो समय देशमा लोडसेडिङ भएको भन्ने हल्लाबारे गम्भीर आपत्ति जनाउँदै यसलाई नियोजित भ्रम फैलाउने अभियानको संज्ञा खड्काले दिए।

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ७ : ४२ बजे

महिला जनप्रतिनिधिका पीडा : ‘अवसर पायौँ, जिम्मेवारी पाएनौँ’

तानसेन– ‘जनताको सेवा गर्न भनेर चुनाव जितेर त आइयो तर

ज्ञान चक्षु इङ्ग्लिस स्कुलको वार्षिकोत्सव शुक्रबार

काठमाडौं– ज्ञान चक्षु इङ्ग्लिस स्कुलले २०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

स्वास्थ्य बीमा संकट : टिचिङले सेवा रोक्दा वीरमा बिरामीको चाप

नागरिकको पहुँचमा गुणस्तरीय उपचार पुर्‍याउने प्रभावकारी कार्यक्रमका रूपमा लिइएको स्वास्थ्य

म्याग्दीको गुर्जा र घोडेपानीमा हिमपात

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका– १ गुर्जा र अन्नपूर्ण गाउँपालिका– ६

रविको स्वास्थ्य अवस्थाबारे के भन्छ टिचिङ अस्पताल ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको उपचारको