रविको स्वास्थ्य अवस्थाबारे के भन्छ टिचिङ अस्पताल ? « Khabarhub

रविको स्वास्थ्य अवस्थाबारे के भन्छ टिचिङ अस्पताल ?


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको उपचारको विषयमा महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले जानकारी गराएको छ ।

बायाँ खुट्टामा देखिएको समस्याका कारण उनलाई मंगलबार अस्पतालको हाडजोर्नी विभागमा भर्ना गरिएको हो । अस्पतालका प्रवक्ता डा. गोपाल सेडाईंले जारी गरेको विज्ञप्ति अनुसार लामिछानेलाई गत माघ ५ गते जनकपुरमा आयोजित एक कार्यक्रमका क्रममा बायाँ खुट्टामा चोट लागेको थियो ।

चोट लागेपछि औषधि सेवन गर्दा पनि स्वास्थ्यमा सुधार नभई ‘सेलुलाइटिस’ (छालाको भित्री तहको संक्रमण) भएपछि उनलाई अस्पताल भर्ना गरी उपचार सुरु गरिएको हो । अस्पतालका अनुसार हाल उनलाई नशाबाट एन्टिबायोटिक्स दिएर उपचार भइरहेको छ ।

उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र उपचार प्रक्रिया जारी रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ११ : ४२ बजे

विकास बैंकहरूको वित्तीय स्थिति : पुँजी पर्याप्तता अनुपात १४.५७ र औसत खराब कर्जा ५ प्रतिशत माथि

काठमाडौं– नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित विकास बैंकहरूको असार मसान्त २०८३

मध्यावधि निर्वाचनअघि ट्रम्पको ‘५ हजार डलर लाभांश’ घोषणा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा

भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो

बारा– भोटेकोशी बाढीपछि वीरगन्ज नाकाबाट दैनिक ७० प्रतिशत आयात बढेको वीरगन्ज

रसुवा भोर्ले बजारको पहिरो हटाइयो, १७ घण्टापछि खुल्यो नुवाकोट-धुन्चे सडक

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजार, बागेश्वरी मन्दिरनजिकै बुधबार

सङ्घीय अस्पतालमा शवगृह बनाइने

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद्का समयमा ठूलो सङ्ख्यामा