भारततर्फ विद्युत् निर्यात सुरू, ऊर्जामन्त्री भन्छन्- लोडसेडिङको हल्ला निराधार « Khabarhub

भारततर्फ विद्युत् निर्यात सुरू, ऊर्जामन्त्री भन्छन्- लोडसेडिङको हल्ला निराधार


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘लोडसेडिङ भयो’ भनेर सामाजिक सञ्जालमा फैलाइएको हल्ला आधारहीन भएको बताएका छन् ।

मन्त्री खड्काले अहिले नेपालको विद्युत् उत्पादन बढेसँगै आन्तरिक माग पूरा गरी बुधबारदेखि भारततर्फ निर्यात सुरू भएको जानकारी दिएका छन् ।

प्रतिनिधिसभा पूर्वाधार विकास समितिको बुधबार बसेको बैठकमा बोल्दै मन्त्री खड्काले नेपालको आन्तरिक माग पूरा गरेपछि भारततर्फ निर्यात सुरू गरिएको बताए ।

उनले भारतबाट ३५० मेगावाट विद्युत आयात भइरहेको अवस्थामा वर्षा लागेसँगै उत्पादन बढेर आयात रोकेर निर्यात थालिएको बताए ।

मन्त्री खड्काले हिउँदमा उत्पादन घटेका बेला करिब एक हजार ५५ मेगावाटसम्म विद्युत् भारतबाट आयात गरिएको उल्लेख गरे ।

तर अहिले उत्पादन बढेपछि सर्वसाधारण र उद्योगलाई समेत पर्याप्त विद्युत् पुग्नेगरी आपूर्ति भइरहेको उनले बताए ।

मंगलबार मध्यरातदेखि भारतमा १५० मेगावाट विद्युत बिक्री गरिएको मन्त्री खड्काले बताए ।

पछिल्लो समय देशमा लोडसेडिङ भएको भन्ने हल्लाबारे गम्भीर आपत्ति जनाउँदै यसलाई नियोजित भ्रम फैलाउने अभियानको संज्ञा खड्काले दिए।

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ७ : ४२ बजे

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब नरेन्द्र मोदी विमानस्थल

काठमाडौँ- भारतमा नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी नरेन्द्र मोदी

लिग-२ : नेपालले विश्वकप खेल्ने सम्भावना कति ?

काठमाडाैँ – आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको