एमाले देश परिवर्तनका लागि स्थापित पार्टी हो : महासचिव पोखरेल « Khabarhub

एमाले देश परिवर्तनका लागि स्थापित पार्टी हो : महासचिव पोखरेल


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

दाङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले विपक्षीको आलोचनाले पार्टीलाई सुधार गर्न सहयोग पुग्ने बताएका छन् ।

नेकपा एमाले स्थानीय विकास विभाग दाङद्वारा आयोजित कार्यकर्ता र जनप्रतिनिधिलाई प्रशिक्षण कार्यक्रममा उनले विपक्षीले प्रशंसा गरेमा बाटो बिराएको भनेर बुझ्नुपर्ने बताए ।

“विपक्षीहरूले प्रशंसा गर्न थाले भने आफूले बाटो बिराएको सम्झनुपर्छ । उनीहरूले आलोचना गर्नु भनेको चिन्ताको विषय होइन”, उनले भने ।

उनले एमालेले विगतका हरेक सङ्कटलाई सामना गर्दै सशक्त रूपमा अघि बढेको र देशको सबैभन्दा लोकप्रिय पार्टीको रुपमा स्थापित गरिसकेको दाबी गरे । पोखरेलले भने, “एमाले देश परिवर्तनका लागि स्थापित पार्टी हो । हामी लोकतन्त्र र समृद्धिका पक्षमा लडिरहेछौँ ।”

स्थानीय सरकाले गरेका राम्रा कामको प्रचार गर्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा एमालेबाट निर्वाचित वडा तथा स्थानीय तहका जनप्रतिनिधिको उपलब्धि र आगामी चुनौतीबारे जानकारी गराइएको थियो ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले नगरस्तरीय विकास योजना प्रस्तुत गरेका थिए । कार्यक्रममा नेकपा एमाले दाङका अध्यक्ष शिवकुमार आचार्य, स्थानीय विभागका केन्द्रीय सदस्यलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ८ : ४९ बजे

मोरङ १ मा कांग्रेसका फागोले सुरू गरे चुनावी घरदैलो

मोरङ- नेपाली कांग्रेसबाट मोरङ निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार खड्ग

धुम्मियो काठमाडौं, केही स्थानमा पानी पर्‍यो (तस्बिरहरू)

काठमाडौं- न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाडौं उपत्यकासहित देशभर मौसम

महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारसहित पाँच जनाको जहाज दुर्घटनामा मृत्यु

मुम्बई- भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन भएको

महिला जनप्रतिनिधिका पीडा : ‘अवसर पायौँ, जिम्मेवारी पाएनौँ’

तानसेन– ‘जनताको सेवा गर्न भनेर चुनाव जितेर त आइयो तर

ज्ञान चक्षु इङ्ग्लिस स्कुलको वार्षिकोत्सव शुक्रबार

काठमाडौं– ज्ञान चक्षु इङ्ग्लिस स्कुलले २०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस