डा. डीआर उपाध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण « Khabarhub

डा. डीआर उपाध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण गरिएको छ । काठमाडौंमा मंगलबार एक विशेष समारोहबीच उक्त कृतिको लोकार्पण गरिएको हो ।

साहित्यिक पत्रकार संघको आयोजनामा भएको समारोहमा प्रमुख अतिथि सांसद डा. अमरेशकुमार सिंह र मञ्चासिन अतिथिहरूले उक्त कृतिको लोकार्पण गरेका थिए । संघका अध्यक्ष राधेश्याम लेकालीको सभापत्विमा भएको समारोहमा महाकाव्यकार खेमनाथ दाहालले कृतिमाथि टिप्पणी गरेका थिए । उनले उपन्यासभित्रका पात्रका बारेमा क्रुरता र ममता दुबै भाव रहेको उल्लेख गर्दै एकातिर भौतिक सुख सुविधाको इच्छा र अर्कोतिर सत् पनि रहेको प्रसंग कोट्याएका थिए ।

विशिष्ठ कलाकार मदनदास श्रेष्ठ, उत्तम केसी, खनाल सेवा समाजका महासचिव माधव खनाल, गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा, गायक/संगीतकार सन्तोष श्रेष्ठलगायतले शुभकामना मन्तव्य राख्दै डा।उपाध्यायको कृतित्व र व्यक्तित्वका बारेमा चर्चा गरेका थिए । कलाकार मदनदासले महिशासुर नाटकको सानो अशं सम्वादसहित अभिनयसमेत प्रदर्शन गरेका थिए ।

कार्यक्रमका अध्यक्ष लेकालीले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्य र महत्वमाथि प्रकाश पारेका थिए । उनले डा. उपाध्यायका कृतिहरूको चर्चा गरेका थिए । यस्तै गायक एवं संगीतकार सागर अधिकारी ‘घायल’ले डा.उपाध्यायको छोरी बिदाइ गर्दाको गीत ‘आफ्नै छातीबाट’ प्रस्तुत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि सांसद डा. अमरेशकुमारले राजनीतिले देशलाई विभाजन गरेको भन्दै साहित्यले जोडनुपर्ने धारणा राखे । उनले पृथ्वीनारायण शाहले देशलाई एकीरण गरेको सन्दर्भ निकाल्दै यतिबेला साहित्यकारहरूले आफ्नो कलमका माध्यमबाट देशलाई जोडनुपर्ने विचार व्यक्त गरे ।

देशको अवस्था दिनानुदिन बिग्रँदै गएकाले सचेत वर्गले आफ्ना सिर्जनामार्फत खबरदारी गर्न उनले आग्रह गरे । ‘राजनीतिले ढुंगा हान्न सिकाउँछ, देश झन् पछि झन् अद्योगतितर्फ छ । सचेत नागरिकले आफ्ना सिर्जनामार्फत कडा रूपमा खबरदारी गर्नुपर्ने समय छ, यसका लागि म सबैमा आग्रह गर्दछु’, उनले भने ।

सर्जक डा. उपाध्यायलाई बधाई दिँदै उनका सिर्जना र कीर्तिमानले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन मद्धत पु¥याएको बताउँदै यस्ता व्यक्तिलाई भारत, श्रीलंकालगायत अन्य देशमा देशको रत्न भनेर सम्मान गर्ने गरिएको भए पनि हामीकहाँ आफ्ना आसेपासे र परिवारका मान्छेलाई यस्तो सम्मान दिने गरिएको बताए ।

यस्तै सर्जक डा.उपाध्यायले आफूले हाम्रै समाज र परिवेशका घटनाक्रमलाई साहित्यमार्फत उजागर गर्ने गरेको जिकिर गरे । विश्व कीर्तिमान राख्ने उद्देश्यले काम नगरेको भए पनि गर्दै जाँदा कीर्तिमानहरू थपिँदै गएको उनले सुनाए । कार्यक्रममा प्रवासमा बसेर नेपाली भाषा र साहित्यको सेवा गर्नुभएका साधक विनोद खड्कालाई सम्मान गरिएको थियो भने स्रष्टा डा.उपाध्यालाई लेखक सम्मान र प्रमुख अतिथिलाई मायाको चिनोसहित सम्मान गरिएको थियो ।

कृष्ण भुसालले सहजीकरण गरेको कार्यक्रममा अतिथिहरूलाई डा. बुनु दाहाल र रितु कँडेलले खादा–माला लगाइदिएका थिए । ‘आसक्ति’लाई कृष्ण भुसालले सम्पाद गरेका हुन् भने रमेश दाहालले भाषा सम्पादन गरेका छन् । कुम्भ छापाखाना प्रा।लिले प्रकाशन गरेको २१२ पृष्ठको यस कृतिको मूल्य २५० रुपैयाँ राखिएको छ । कार्यक्रममा साहित्यका साथै विभिन्न क्षेत्रका विशिष्ट व्यक्तत्वको बाक्लो उपस्थिति रहेको थियो ।

गीत÷संगीतका साथै विभिन्न विधामा १५३ विश्व कीर्तिमान कायम गर्नुभएका डा।उपाध्यायको यो सत्रौं उपन्यास कृति हो । डा।उपाध्यायका यसअघि ‘मझधार बज्रघात, त्यागी, भाग्यचक्र, अपवित्र छायाँ, स्वार्थी, बिटुली, अतिरिक्त, दगाबाज, अधुरो प्रेम, सपनाकी रानी, कफी लभ, मेरी प्रिया, भाइरस लभ, कसुर’ जस्ता कृतिहरू पाठकमाझ छन् ।

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  १० : ३१ बजे

यातायात कार्यालय जुम्लाद्वारा एक करोड १६ लाख राजस्व संकलन

जुम्ला– यातायात व्यवस्था सेवा कार्यालय जुम्लाले चालु आर्थिक वर्ष २०८२-८३

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट

काठमाडौं– मुलुकको कूल ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट

रूस–युक्रेन युद्धविराम विस्तार हुनेको ट्रम्पको अपेक्षा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेनबीच शनिबार देखि

रसुवा भन्सारमा सामान जाँचपास सुरु

रसुवा– अधिकतम खुद्रा मूल्य (एमआरपी) स्टिकर नलागेका कारण रोकिएको भन्सार

विश्व तापक्रम वृद्धि तीव्र बन्दै, समुद्री सतह लगातार बढ्दै

एजेन्सी– युरोपेली सङ्घअन्तर्गतको जलवायु निगरानी निकायले शुक्रबार विश्वका महासागरहरूको सतही