‘सितारे जमिन पर’का विशेष क्षमता भएका कलाकारले भेटे शाहरुखलाई | Khabarhub Khabarhub

‘सितारे जमिन पर’का विशेष क्षमता भएका कलाकारले भेटे शाहरुखलाई


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड अभिनेता आमिर खानले विशेष क्षमता भएका व्यक्तिहरुलाई लिएर फिल्म ‘सितारे जमिन पर’ बनाएका छन् ।

यो फिल्म फरक क्षमता भएका व्यक्तिहरुको कथामा नै आधारित छ । त्यसैले उनले फिल्ममा फरक क्षमता भएकै कलाकारहरुलाई अभिनय गराएका हुन् ।

यो फिल्मको बिहीबार मुम्बईको एक फिल्म हलमा विशेष प्रिभ्यू गरिएको थियो । त्यहाँ बलिउड थुप्रै कलाकार उपस्थित थिए । तर, कार्यक्रमको मुख्य आकर्षण भने नायक शाहरुख खान बने ।

शो सकिएपछि फिल्मका कलाकारहरुलाई शाहरुखसँग भेट्ने प्रबन्ध मिलाइएको थियो । अहिले फिल्मका विशेष क्षमता भएका कलाकारहरुले शाहरुखसँग साक्षात्कार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

उक्त्त भिडियोमा शाहरुखले फरक क्षमता भएका कलाकारलाए अङ्कमाल गरेको, आत्मियाता देखाएको र उनीहरुले शाहरुखसँग तस्बिर खिचेको देख्न सकिन्छ ।

‘सितारे जमिन पर’ शुक्रबारबाट विश्वव्यापीरुपमा प्रदर्शनमा आएको छ ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ६ : ४१ बजे

चक्रपथको कलङ्की–बसुन्धराखण्ड विस्तार असोजदेखि

काठमाडौँ – सरकारले चक्रपथको कलङ्की–बसुन्धरा धोबीखोला पुलसम्मको मुख्य खण्ड विस्तार

कोटेश्वर–कलङ्की खण्डको सर्भिस लेन १३ वर्षदेखि अधुरै

काठमाडौँ – चक्रपथको कोटेश्वर–कलङ्की (१०.३५) किलोमिटर सडकखण्ड विस्तार भएको सात

चक्रपथको कलङ्की–बसुन्धारा खण्डमा सात वर्षसम्म कहाँ अल्मलियो सरकार ?

काठमाडौँ – चक्रपथ पहिलो खण्ड कोटेश्वर–कलङ्की (१०.३५) किलोमिटर विस्तार गर्दा

फूलखेतीबाट आत्मनिर्भर बन्दै शुलभ

चितवन– यहाँको भरतपुर महानगरपालिकाका एक युवक सजावटमा प्रयोग हुने फूलको

रास्वपाको कार्यालयमा शिक्षक महासंघको धर्ना 

काठमाडौं– विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत नेपाल शिक्षक महासंघले