आज २०८२ साल असार ७ गते शनिबारको राशिफल « Khabarhub

आज २०८२ साल असार ७ गते शनिबारको राशिफल


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल असार ७ गते शनिबार। असार कृष्ण पक्षको एकादशी तिथि। योगिनी एकादशी व्रत। तदनुसार सन् २०२५ जुन २१ तारिख। योग र संगीत दिवससमेत परेको छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। बोलीको प्रभावले राम्रो काम बन्नेछ। बौद्धिक व्यक्तिसँग तर्क नगर्नु राम्रो हुनेछ। व्यापारमा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा भने नतिजाका लागि पर्खनु पर्ने दिन छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने छ।

वृष : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। राजनीतिक क्षेत्रमा बढुवा हुने सम्भावना छ। परिवारमा व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ। लामो दुरीको यात्रा तय हुनेछ।

मिथुन : दिन राम्रो छ। आयस्रोत बढ्नेछ। धार्मिक कार्यमा मन नजाने जोखिम छ। आज परिवारको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कर्कट : तपाईंले बोल्दा तीन पटक सोच्नु आवश्यक छ। राजनीतिक क्षेत्रमा विरोधी सक्रिय भएकाले सचेत बन्नु उचित हुन्छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ। निजी क्षेत्रको शिक्षामा प्रवेश गर्नु उचित हुन्छ।

सिंह : व्यापारमा लगानी गरेको भए राम्रो नतिजा प्राप्त हुनेछ। आज बनाएको योजना दीर्घकालसम्म टिक्ने छ। परिवारसँगको सम्बन्ध राम्रो बन्ने योग छ। शिक्षामा प्रगति हुनेछ।

कन्या : कामको बोझ थपिने जोखिम छ। गलत खानपानले विवाद बढ्नेछ। परिवारसँगको सम्बन्धमा सुधार हुनेछ। आज राजनीतिमा अगाडि नबढ्नु उचित हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ।

तुला : दिन राम्रो छ। साथीको साथमा तपाईंको काम बन्नेछ। राज्यको तर्फबाट सेवाको अवसर प्राप्त हुनेछ। कला र गलाको प्रशंसा हुनेछ। परिवारमा रमाइलो गर्ने अवसर मिल्नेछ।

वृश्चिक : दिन सामान्य छ। विरोधी सक्रिय छन्। विपक्षी साथी बौद्धिक भएकाले काम गर्दा सचेत बन्नुपर्ने छ। पारिवारिक सम्बन्ध राम्रो बन्ने छ। शिक्षामा मिहिनेत गर्नुपर्ने छ। काम गर्नु अगाडि तीन पटक सोच्नु उपयुक्त हुन्छ।

धनु : दिन राम्रो छ। लगानी गरेको भए फाइदा हुनेछ। बौद्धिक व्यक्तिसँग सल्लाह लिएर अगाडि बढ्नु उचित हुन्छ। स्वास्थ्यमा सुधार हुनेछ। राज्यको तर्फबाट प्राप्त अवसरको सदुपयोग गर्नुहोला।

मकर : आज पश्चिमको यात्रा नगर्नु उचित हुन्छ। खानपानमा समस्या हुनसक्छ। नराम्रो खबर सुन्नुपर्ने बाध्यता आइपर्न सक्छ। स्वास्थ्यले साथ दिनेछ। राजनीतिक क्षेत्रमा विरोधी सक्रिय भएकाले सचेत बन्नुपर्ने छ।

कुम्भ : धार्मिक व्यक्तिसँगको भेटले मनमा सन्तुष्टि मिल्नेछ। शुभ ग्रहले तपाईंलाई साथ दिएका छन्। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने समय छ।

मीन : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नु उचित हुन्छ। काममा आलश्य बढ्नेछ। साथीभाइसँग जवाफदेही हुन सिक्नुपर्ने छ। परिवारसँगको सम्बन्ध सहज र सुमधुर बन्ने छ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ५ : ०५ बजे

५ हजार ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्मा भारी वृद्धि भएको छ

रुपन्देहीमा अनुगमन समितिद्वारा चार बुँदे आचरण जारी

लुम्बिनी– प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, पारदर्शी, मितव्ययी, भयरहित र विश्वसनीय

बैतडीमा मदिराजन्य पदार्थ बिक्री वितरणमा कडाइ

बैतडी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बैतडीमा मदिराजन्य पदार्थ

भरतपुरमा यातायात क्षेत्रलाई थप व्यवस्थित बनाइँदै

चितवन– चितवनको सदरमुकामसमेत रहेको भरतपुर महानगरपालिकामा पर्ने मुख्य बजार क्षेत्रको

विश्वकप : यी हुन् सुपर-८ अगाडि सर्वाधिक विकेट लिने र रन बनाउने दुई खेलाडी

काठमाडौं – आईसीसी टी–२० विश्वकप जारी छ । सुपर–८ का