रास्वपा सांसद सदनबाट बाहिरिएपछि प्रकाशशरणले भने- लगातार उभिन गाह्रै हुन्छ  « Khabarhub

रास्वपा सांसद सदनबाट बाहिरिएपछि प्रकाशशरणले भने- लगातार उभिन गाह्रै हुन्छ 


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


993
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू संसद् बैठकबाट बाहिरिएका छन् । 

मन्त्रालयगत विनियोजित बजेटमाथिको छलफलका लागि सभामुखले दलीय आधारमा अगाडि बढाउँदै गर्दा रास्वपाका सांसदहरू बैठकबाट बाहिरिएका हुन् । 

जसअन्तर्गत सभामुखले सत्ता साझेदार नेपाली कांग्रेसका प्रवक्ता रहेका संसद डा. प्रकाशशरण महतलाई १८ मिनेटको समय उपलब्ध गराएका थिए । 

समय पाएपछि रोष्ट्रममा पुग्दै गर्दा रास्वपाका सांसदहरू वेलबाट बाहिरिन सुरु गरेका थिए । 

उनीहरू बाहिरिन थालेपछी सांसद महतले रोष्ट्रमबाट भने, ‘सभामुख महोदय, लगातार उभिन गाह्रै हुन्छ ।’ 

यसअघि रास्वपाका सांसदहरू वेल घेराउ गरेर चुपचाप उभिइरहेका थिए । उनीहरूले शुक्रबारको बैठक अवधिभर पुस्तक अध्ययन गरेका थिए ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  २ : ०९ बजे

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा