रास्वपा सांसद सदनबाट बाहिरिएपछि प्रकाशशरणले भने- लगातार उभिन गाह्रै हुन्छ  | Khabarhub Khabarhub

रास्वपा सांसद सदनबाट बाहिरिएपछि प्रकाशशरणले भने- लगातार उभिन गाह्रै हुन्छ 


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


993
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू संसद् बैठकबाट बाहिरिएका छन् । 

मन्त्रालयगत विनियोजित बजेटमाथिको छलफलका लागि सभामुखले दलीय आधारमा अगाडि बढाउँदै गर्दा रास्वपाका सांसदहरू बैठकबाट बाहिरिएका हुन् । 

जसअन्तर्गत सभामुखले सत्ता साझेदार नेपाली कांग्रेसका प्रवक्ता रहेका संसद डा. प्रकाशशरण महतलाई १८ मिनेटको समय उपलब्ध गराएका थिए । 

समय पाएपछि रोष्ट्रममा पुग्दै गर्दा रास्वपाका सांसदहरू वेलबाट बाहिरिन सुरु गरेका थिए । 

उनीहरू बाहिरिन थालेपछी सांसद महतले रोष्ट्रमबाट भने, ‘सभामुख महोदय, लगातार उभिन गाह्रै हुन्छ ।’ 

यसअघि रास्वपाका सांसदहरू वेल घेराउ गरेर चुपचाप उभिइरहेका थिए । उनीहरूले शुक्रबारको बैठक अवधिभर पुस्तक अध्ययन गरेका थिए ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  २ : ०९ बजे

नेपाल हवाई सेवा प्राधिकरण विधेयकमाथि संशोधनकर्तासँग छलफल

काठमाडौं–  प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नेपाल हवाई सेवा

लागूऔषध कारोबारी खोजी गर्दा भेटिए ज्यान मुद्दाका फरार अभियुक्त

सुर्खेत– जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषधको कारोबारीको खोजी गर्दा ज्यान

बाँकेमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै

नेपालगञ्ज– उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै जान

पार्टीमा साहित्यकार र कलाकार भित्र्याउँदै प्रचण्ड 

काठमाडौं– नेकपा माओवादी केन्द्रले नेपाली कला, साहित्य र राजनीतिक क्षेत्रमा

यस्तो देखियो नेपाल–चीन सांस्कृतिक सम्मेलन (तस्बिरहरू)

काठमाडौं- नेपाल र चीनबीच कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठका अवसरमा