पोखराबाट ८२ तोला अवैध सुनसहित दुई जना पक्राउ « Khabarhub

पोखराबाट ८२ तोला अवैध सुनसहित दुई जना पक्राउ


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


663
Shares
  • change font
  • change font
  • change font

पोखरा- पोखरामा झन्डै डेढ करोड रुपैयाँ बराबरको अवैध सुनसहित दुई जना पक्राउ परेका छन् । कास्की प्रहरीले दिएको जानकारीअनुसार, पुम्दीभुम्दीबाट बुटवलतर्फ जाँदै गरेको माइक्रोबसमा चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकामा भारत, पन्जाबको अमृतसर निवासी ४९ वर्षीय कुलदिप सिंह र रूपन्देही तिलोत्तमा नगरपालिका–१६ का ४७ वर्षीय रामबहादुर बिक रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट ८२ तोला १६ लाल सुनका गरगहना बरामद गरेको छ । ती गरगहनाको बजार मूल्य १ करोड ३० लाख ४१ हजार ८ रुपैयाँ बराबरको रहेको छ । बरामद गरगहनामा सिक्री, औँठी, झुम्का, जुली, लकेट, मंगलसूत्र र पोतेलगायत समावेश छन् ।

प्रहरीका अनुसार, कुलदिप सिंह र रामबहादुर बिकबीच सामाजिक सञ्जालमार्फत झण्डै तीन वर्षअघिदेखि सम्पर्कमा रहेको खुलेको छ । भारतका विभिन्न राज्यमा सुनका गहना बिक्री गर्दै हिँड्ने कुलदिपले नेपालमा पनि कारोबार गर्ने योजना बनाएका थिए ।

सोही क्रममा अमृतसरस्थित अमरजित साहु नामक व्यक्तिको सुन पसलबाट गहना ल्याइ नेपालमा बिक्री गर्न लागिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका रामबहादुरले सो कारोबारमा संलग्न भई बिक्रीपश्चात केही पैसा पाउने सर्तमा साथ दिएको बयान दिएका छन् ।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  २ : २४ बजे

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ

ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी (तस्बिरहरू)

काठमाडौं– ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी मकवानपुर

आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आगामी फागुन

रायोको सागमा आज पनि भेटियो विषादी 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि राखिएको रायोको

थलापति विजयको ‘जन नायगन’ जनवरी ९ मा प्रदर्शन हुने

 काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार थलापति विजयको बहुप्रतीक्षित तमिल राजनीतिक