व्यस्त जीवनशैलीलाई योगामार्फत व्यवस्थित गरौँ : मुख्यमन्त्री सिंह « Khabarhub

व्यस्त जीवनशैलीलाई योगामार्फत व्यवस्थित गरौँ : मुख्यमन्त्री सिंह


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नो व्यस्त जीवनशैलीलाई योगामार्फत व्यवस्थित गर्न आह्वान गरेका छन् । 

भारतको महावाणिज्य दुतावास वीरगञ्जद्वारा आज आयोजित  अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा मुख्यमन्त्री सिंहले योगामार्फत विभिन्न खालका रोगका उपचार पनि हुँदै आइरहेको पनि उल्लेख गरे ।

‘मानव कुनै न कुनै किसिमको तनावबाट गुज्रिने भएकाले पनि योगाको आवश्यकता बच्चादेखि वृद्धसम्म अत्यन्त जरुरी भइसकेको छ’, उनले भने, ‘भागदौड र व्यस्त जीवनशैलीले मानिस आफ्नो स्वास्थ्यलाई ध्यान दिन नसक्दा विभिन्न किसिमका रोगको समस्या देखिएको छ । त्यसैले योगमार्फत रोगलाई जित्न सकिने भएकाले सोतर्फ लाग्न अनुरोध गर्दछु ।’
 
मुख्यमन्त्री सिंहले तनावयुक्त अवस्थाबाट गुज्रिरहेको परिप्रेक्षमा आफ्नो दिनको सुरुआत योगबाट गरेमा धेरै हदसम्म तनाव व्यवस्थापन गर्न सकिने बताए। 

‘बच्चादेखि वृद्धसम्म कामले होस् या पढाइले तनावबाट गुज्रिरहेको अवस्था छ । व्यस्त जीवनशैलीमा बिहानको समयमा योगा गरेर भए पनि आफ्नो स्वास्थ्यलाई केही हदसम्म भए पनि स्वस्थ र फुर्तिलो गराउन पहलकदमी गर्न आवश्यक छ’, उनले भने, ‘योग प्राचीनकालदेखि अभ्यास हुँदै आइरहेकाले त्यसलाई सबैले अनुशरण गर्न जरुरी छ ।’

भारतको महावाणिज्य दूतावासका महावाणिज्य दृत देवी सहाय मिनाले अहिलेको सन्दर्भमा योगको महत्व दिनानुदिन बढ्दै गइरहेको बताए। 

त्यस्तैगरी प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय वीरगञ्जले आज यहाँ विविध कार्यक्रम गरेर ११औँ अन्तर्राष्ट्रिय योग दिवस २०८२ मनाएको छ । कार्यालय प्रमुख डा शिवनारायण गुप्ताले योगको महत्व अझै बढ्दै गइरहेको बताए।

‘योगले शारीरिक ,मानसिक रुपमा स्वस्थ हुन महत्वपूर्ण योगदान पुर्‍याउने गर्छ’, उनले भने।
 

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ३ : ०३ बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७