‘यातायात क्षेत्रका समस्या समाधानमा सबैको सहयोग आवश्यक’ « Khabarhub

‘यातायात क्षेत्रका समस्या समाधानमा सबैको सहयोग आवश्यक’


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेश सरकारका श्रम तथा यातायातमन्त्री कौशलकिशोर रायले दैनिक रुपमा बढ्दै गएको सवारी दुर्घटना तथा यातायात क्षेत्रमा देखिएको समस्या समाधान सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।  
 
यातायात व्यवस्था कार्यालय धनुषा, जनकपुरधामद्वारा आयोजित ट्राफिक प्रहरी र स्थानीय चुनौती बनेको बताए। प्रदेश सरकारलाई सबैभन्दा बढी राजस्व यातायात कार्यालयबाट आएको जानकारी दिँदै मन्त्री रायले करको सदुपयोग प्रदेशको समृद्धिमा उपयोग गरिने बताए। कार्यालयले ११ महिनामा ५८ करोड ६९ लाख राजस्व संकलन गरेको छ । 

धनुषाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख उमाप्रसाद चतुर्वेदी, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी र यातायात कार्यालयका प्रमुख धनञ्जयकुमार सिंहले सडक सबैको साझा हो भन्ने भावनाका साथ सडकमा सवारी साधन सञ्चालन गर्नुपर्ने बताए । जथाभावी पार्किङ गर्ने, खन्नेखोस्रने र सडक अवरोध नगर्ने उनीहरूको आशय थियो । 

त्यस अवसरमा नेपाल पत्रकार महासङ्घ धनुषा जिल्लाध्यक्ष पुरन साहले ट्राफिक सचेतनासम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । 
 

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ३ : ४१ बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७