मनाङमा मनाइयो अन्तरराष्ट्रिय योग दिवस | Khabarhub Khabarhub

मनाङमा मनाइयो अन्तरराष्ट्रिय योग दिवस


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– अन्तराष्ट्रिय योग दिवसको अवसरमा मुस्ताङमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । 

घरपझोङ गाउँपालिका कार्यालयको आयोजनामा सिङ्गो पृथ्वी, समग्र स्वास्थ्यका लागि योग भन्ने नाराका साथ जोमसोमस्थित गाउँपालिका कार्यालय परिसरमा योगाभ्याससहित विभिन्न कार्यक्रम गरी मनाइएको हो ।
    
घरपझोङ गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, जिल्लास्थित विभिन्न कार्यालयका कर्मचारी, सुरक्षा निकाय, युवा क्लब, आमा समूह र स्थानीय नागरिकको उपस्थितीमा दिवस मनाइएको घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले जानकारी दिए ।

पतञ्जली योगपीठ गण्डकी प्रदेशका अध्यक्ष नरेन्द्रमान लालचनले सहभागीहरूलाई एक घण्टा ध्यान साधनासहितको योग अभ्यास प्रशिक्षण दिएका थिए । योगपीठ गण्डकीका अध्यक्ष लालचनले मानिसको शारीरिक, मानसिक र स्वथ्यकर जीवनयापनका लागि योग अभ्यास अपरिहार्य रहेको बताए। 

‘योग अभ्यास पूर्वीय संस्कार र संस्कृति हो, यो ऋषिमुनीहरुले आर्जेको योग हो’, उनले भने, ‘यो शारीरिक स्फूर्ती र स्वस्थ जीवनयापनका लागि योग आवश्यक छ ।’

गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले स्वस्थ जीवनका लागि योग अभ्यास आवश्यक रहेको बताए । 

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ३ : ४६ बजे

पौडी टोली रोमानिया जाने

काठमाडौं – विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा सहभागी हुन चार सदस्यीय

पर्साको सखुवाप्रसौनीबाट लुकाइछिपाइ राखेको १९१ बोरा रासायनिक मल बरामद

पर्सा – पर्साको सखुवाप्रसौनी गाउँपालिका–३ कटैयामा किसानलाई वितरण नगरी घरमा

काश्मीरमा भीषण बाढी, मृतकको संख्या ३७ पुग्यो

श्रीनगर – भारतको काश्मीर क्षेत्रमा आएको भीषण वर्षापछि बाढीले ठुलो

तनहुँको डुम्रेमा दुर्घटना अपडेटः घाइते हुनेको संख्या २१ पुग्यो

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा आज साँझ भएको

बाढीले बाजुरामा आठ घर बगायो

बाजुरा – बुधबार राति परेको अविरल वर्षा र त्यसपछि आएको