एमाले कोशीका सम्पर्क मञ्चका नेतालाई एक वर्षे राजनीतिक प्रशिक्षण  « Khabarhub

एमाले कोशीका सम्पर्क मञ्चका नेतालाई एक वर्षे राजनीतिक प्रशिक्षण 


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले कोशी काठमाडौं सम्पर्क मञ्चले नेता कार्यकर्तालाई पार्टी, सरकार र समाजका विषयमा आधारभुत ज्ञान दिने उद्देश्यले प्रशिक्षण दिएको छ । 

 प्रदेश र जिल्लाका पदाधिकारी तथा सदस्यहरूलाई अलग अलग विषयहरूमा हरेक शनिबार नियमित  प्रशिक्षण सञ्चालन भइरहेको सम्पर्क कमिटीका अध्यक्ष नवराज घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार प्रदेश तहका नेता कार्यकर्तालाई १६ वटा विषय र जिल्ला तहका कार्यकर्तालाई ४ वटा विषयमा प्रशिक्षण भइरहेको छ । यो प्रशिक्षण गतवर्ष देखि नियमित सञ्चालन भइरहेको छ । आगामी दुई हप्तामा पहिलो चरणको प्रशिक्षण समापन हुने घिमिरेले जानकारी दिए । 

 हरेक शनिवार च्यासलमा करिब तीन घण्टा यो प्रशिक्षण सञ्चालन हुने गरेको छ । घिमिरेका अनुसार प्रदेश तहका पदाधिकारी तथा सदस्यलाई   उपमहासचिव एवं स्कूल विभाग प्रमुख प्रदिप ज्ञवालीले मार्गदर्शन सिद्धान्त माक्र्सवाद र जनताको बहुदलीय जनवाद र ऐतिहासिक भौतिकवाद विषयमा  प्रशिक्षण दिएका छन् ।

 स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले नेपालको भूराजनीति र कूटनीतिक सम्बन्ध बारेमा प्रशिक्षण दिएका छन् । यसैगरी पार्टी लेखा आयोगका अध्यक्ष डा.पुष्प कँडेलले मार्क्सवादी अर्थशास्त्र र माक्सर्वादी राजनीतिका  विषयमा प्रशिक्षण दिए । यस्तै मार्गदर्शक सिद्धान्त लेनिनवाद र केपी ओली सरकारका काम भ्रम र यथार्थ विषयमा सांसद ईश्वरी रिजालले प्रशिक्षण दिएकी छन्।    

समाजको परिचय र विकासक्रमका बारेमा  प्रा.डा. रमेश भट्टराई  र प्रधानमन्त्रीका आर्थिक सल्लाहकार तथा पूर्व अर्थमन्त्री युवराज खतिवडाले अर्थतन्त्र र सकारका कामका विषयमा प्रशिक्षण दिएको घिमिरेले जानकारी दिए । यसैगरी प्रचारात्मक कामको महत्व र सूचना प्रविधिका विषयमा स्थायी समितका सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख  राजेन्द्र गौतमले प्रशिक्षण दिएका छन् । 

प्रदेश सम्पर्क मञ्च अन्तरगतका १४ वटा जिल्लाका पदाधिकारी तथा सदस्यहरूलाई पनि प्रशिक्षण जारी रहेको छ । जसमा माक्र्सवाद लेनिनवाद जनताको बहुदलीय जनवादका विषयमा पार्टी उपाध्यक्ष युवराज ज्ञवालीले प्रशिक्षण दिएका छन्।   

 केपी ओली सरकारले गरेका काम भ्रम र यथार्काथका बारेमा सांसद ईश्वरी रिजालले प्रशिक्षण दिए। यसैगरी  सम्पर्क मञ्च विगत वर्तमान यसका निर्देशिका बारेमा केन्द्रीय कमिटी सदस्य  नरेन्द्र श्रेष्ठ र निर्वाचन आयोगका सदस्य कृष्ण आङ्देम्बेले प्रशिक्षण दिए ।  

आजको प्रशिक्षणमा शुभकामना दिन पुगेका पार्टीका स्थायी समिति सदस्य तथा सम्पर्क समन्वय कमिटीका इन्चार्ज  लालबाबु पण्डितले कोशी प्रदेश सम्पर्क कमिटीले नियमित पार्टी स्कुल सञ्चालन गरेर अनुकरणीय काम गरेको बताए।

 उनले पार्टीका सबै तहका कार्यकर्तालाई राजनीतिक रुपमा प्रशिक्षित गर्नु जरुरी रहेको तर विविध कारणले छुटिरहेकाहरुलाई सम्पर्क मञ्च मार्फत बिचारको प्रशिक्षण सञ्चालन गरेकोमा धन्यवाद दिएका छन् ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ४ : ०३ बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७