हङकङका व्यवसायीले मागे रेमिट्यान्स पठाउन आधिकारिक वित्तीय संस्था | Khabarhub Khabarhub

हङकङका व्यवसायीले मागे रेमिट्यान्स पठाउन आधिकारिक वित्तीय संस्था


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हङकङका व्यवसायीहरुले रेमिट्यान्स पठाउन आधिकारिक वित्तीय संस्था स्थापनाको माग गरेका छन् । हङकङ तथा मकाउका लागि नवनियुक्त महावाणिज्य दूत डा. विन्देश्वरप्रसाद लेखकसँग नेपाल चेम्बर अफ कमर्स हङकङको प्रतिनिधिमण्डलले स्वागत भेट गरी हुन्डीमार्फत कारोवार हुँदा नेपालमा रहेका रेमिट्यान्स कम्पनीसँगै राजश्वमा असर परेको भन्दै सचेत गराएको छ ।

सो अवसरमा नेपाल चेम्बर अफ कमर्स हङकङका अध्यक्ष शशी मदन राईले नेपाल र हङकङबीचको आर्थिक सम्बन्ध थप बलियो बनाउने र दुबै पक्षका व्यवसायीहरूलाई सहज व्यापारका लागि प्रोत्साहन आवश्यक रहेको बताए ।

उनले नेपाली नागरिक र व्यवसायीहरूको हङकङ प्रवेश सहजीकरणका लागि ध्यानाकर्षण गराए । व्यवसायीहरुले आपतकालीन अवस्थामा नेपाली नागरिकलाई कसरी सहायता गर्ने भन्ने विषयमा दूतावास र निजी क्षेत्र मिलेर काम गर्नुपर्ने आवश्यकतामा जोड दिए ।

महावाणिज्य दूत डा. लेखकले आफू जनसेवक र सरकारको प्रतिनिधि भएक कारण इमान्दारपूर्वक अभिभावकीय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए । आफूले गर्न सक्ने काम तत्काल गर्ने र अरु माग सम्बन्धित निकायहरुमा पुर्‍याउने आश्वासन दिँदै महावाणिज्यदूत लेखकले रचनात्मक सुझाव र सहयोगका लागि आफ्नो कार्यालय चौबीसै घण्टा खुल्ला रहेको बताए ।

भेटमा संस्थाका संरक्षक दासुराम पराजुली, सल्लाहकार राजेश भीमसरिया, उपाध्यक्ष धिराजकुमार साम्पाङ राई, महासचिव डेनी वरदान गुरुङ, सचिव प्रकाश (जेपी) गुरुङ, सदस्य श्याम इङनाम, मनोज गौतम र बज्रकुमार राई सहभागी थिए ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ४ : १९ बजे

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा (एमाले),

मुस्ताङको छेङ्गुरमा ‘हाइअल्टिच्युड खेल मैदान’

मुस्ताङ – मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–२ छेङ्गुरमा ‘हाइअल्टिच्युड खेल मैदान’ निर्माण

दुई मन्त्रीद्वारा खानेपानी अभाव भएका क्षेत्रको अनुगमन

पर्सा – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया र