काठमाडौंको मुटुमै रहेको रत्नपार्कमा रमाउँछन् केटाकेटी, तरुणतन्नेरी र बूढाबूढी (तस्बिरहरु) « Khabarhub

काठमाडौंको मुटुमै रहेको रत्नपार्कमा रमाउँछन् केटाकेटी, तरुणतन्नेरी र बूढाबूढी (तस्बिरहरु)



काठमाडौं- रत्नपार्क राधानीको मुटुमै अवस्थित छ । काठमाडौंमा खुला स्थान थोरै छन् । तिनैमध्येको रत्नपार्क पनि एक हो । यहाँ खाली समय बिताउने युवायुवतीसँगै घुमघामका लागि आएका पर्यटक पनि धेरै भेटिन्छन् ।

कतिपय साथीभाइको समूह पनि केही समय काट्न यहाँ आउँछन् । कोही भने परिवारसँग घुम्नका लागि पनि यहाँ आउने गरेका छन् ।

यहाँ केटाकेटीको उफ्रिपाफ्री र उछलकुद पनि उत्तिकै देखिन्छ । यहाँबाट काठमाडौंका प्रायः सबै ठाउँबाट गाडी आउँछन् । यसै कारण पनि रत्नपार्कमा मानिसहरुको भीड देखिन्छ ।

पार्कभित्र कोही पुस्तक पढिरहेका देखिन्छन् त कोही ल्यापटप चलाइरहेका भेटिन्छन् । हरियाली बगैँचा, अनि मनै लोभ्याउने फूलले रत्नपार्कलाई सुन्दर र मनमोहक बनाएको छ ।

ठाउँठाउँमा रहेका चौतारा र पिङले रत्नपार्कलाई अझ आकर्षक बनाएको छ । रत्नपार्कका विभिन्न ठाउँमा रङरोगन पनि गरिएको छ । पछिल्लो समय रत्नपार्क समय बिताउने आकर्षक थालोको रुपमा विकसित हुँदै गएको छ ।

खबरहबका हुलास शाही ठकुरीले रत्नपार्कका केही तस्बिर खिचेका छन्-

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ५ : ३१ बजे

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको