कोशी प्रदेशस्तरीय ओपन बास्केटबल : सुनसरी र इलाम फाइनलमा भिड्ने « Khabarhub

कोशी प्रदेशस्तरीय ओपन बास्केटबल : सुनसरी र इलाम फाइनलमा भिड्ने


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

सुनसरी– धरानमा जारी कोशी प्रदेश स्तरीय ओपन बास्केटबल प्रतियोगिताको फाइनलमा आयोजक जिल्ला सुनसरी र इलाम फाइनलबीच रोमान्चक भिडन्त हुने पक्का भएको छ ।  

धरान बास्केटबल संघको आयोजना तथा कोशि प्रदेश खेलकुद विकास बोर्डको संयोजकत्वमा सञ्चालित शनिबार भएको पहिलो सेमिफाइनल खेलमा सुनसरीले धनकुटालाई सहज रुपमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेपछि इलामसँग भिडन्त पक्का भएको हो ।  

सुनसरीले धनकुटालाई ६९–२५ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । खेलमा सुनसरीले धनकुटा विरुद्ध प्रत्येक क्वाटरमा १६–४, १३–५, १६–५ र २४–१० अंक जोडेका थिए । खेलमा उत्कृष्ट प्रदर्शन गरेका सुनसरीका सुसन श्रेष्ठ म्यान अफ द म्याच घोषित भए ।

यसै गरि सोहि दिन भएको दोस्रो सेमिफाइनल खेलमा इलामले भोजपुरलाई ६०–४९ अंकको अन्तरले परजित गर्दै फाइनल प्रवेश गरेको छ । इलाम र भोजपुरले खेलको प्रत्येक क्वाटरमा १२–८, १७–९, १५–१२ र १६–२० अंक जोडेका थिए । उत्कृष्ट प्रदर्शन गरेका इलाम बास्केटबल टिमका मनिस तामाङ घोषित भए । उनलाई सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदिको हात वाट ट्रफी प्रदान गरे । 

सुनसरी, झापा, मोरङ, इलाम, उदयपुर, भोजपुर, ओखलढुङ्गा र धनकुटा गरि ८ वटा जिल्लाका टिमले सहभागिता जनाएको कोशी प्रदेश स्तरीय बास्केटवल प्रतियोगिताका विजेताले नगदराशी २ लाख रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले नगद नगदराशी १ लाख रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उत्कृष्ट खेलाडि धरान मेघा एमभिपि मोस्ट भ्यालुएबल प्लेयर उपाधि विजेताले नगद  १० हजार रुपैयाँ, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।

गत बिहीबार देखि सुरु भएको प्रतियोगिताको फाइनल खेल आइतबार डिपो स्कुलको बास्केटबल कोर्टमा सम्पन्न हुनेछ ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ६ : २२ बजे

गोकर्णेश्वरमा पितृभक्तको घुइँचो

काठमाडौं– काठमाडौँ उपत्यकाको प्रर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर वरपर

जलविद्युत् आयोजनाले बढायो वनको राजस्व

म्याग्दी– जलविद्युत् तथा प्रसारण लाइन आयोजनाले सरकारी वन क्षेत्र प्रयोग

पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’

भोजपुर– पशुपालनमार्फत किसानलाई आत्मनिर्भरसँगै आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको पौवादुङमा

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव

भक्तपुर–  ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

काठमाडौं- पछिल्लो समय सूचना प्रविधि (आईटी) का परियोजनामा वैदेशिक लगानीकर्ताको