देशका विभिन्न शहरमा अन्तर्राष्ट्रिय योग दिवस, सात हजारभन्दा बढीले सामूहिक योगा गरे | Khabarhub Khabarhub

देशका विभिन्न शहरमा अन्तर्राष्ट्रिय योग दिवस, सात हजारभन्दा बढीले सामूहिक योगा गरे


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको समन्वयमा नेपालभरका १० शहर र नगरपालिकामा ११औं अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ।

‘एक पृथ्वी, एक स्वास्थ्यको लागि योग’ भन्ने नारा अन्तर्गत आयोजित विविध कार्यक्रमहरूमा हजारौं नागरिक, सरकारी अधिकारी, विद्यार्थी, सेनाकर्मी, सांस्कृतिक अभियन्ता र भारतीय समुदायका सदस्य सहभागी थिए।

अन्तर्राष्ट्रिय योग दिवस २०२५ आउनुअघि नै भारतीय राजदूतावासले पशुपतिनाथ मन्दिर, नेपाली सेना मुख्यालय र ईसीएचएस पोलिक्लिनिकमा क्रमशः योग शुभारम्भ कार्यक्रम तथा विशेष योग सत्र सञ्चालन गरेको थियो। यस्तै, काठमाडौं उपत्यकाका ६ वटै युनेस्को विश्व सम्पदास्थलमा पनि योग आसन प्रदर्शन गरियो । जसमा नेपाली तथा भारतीय नागरिकहरूको उल्लेखनीय उपस्थित थिए ।

विद्यालयस्तरमा पनि उल्लेखनीय उपस्थिति देखियो। काठमाडौंको विद्यालयमा आयोजित कार्यक्रममा १५० भन्दा बढी विद्यार्थी सहभागी भए। ‘सात्विक आहार’ सम्बन्धी अन्तर्दृष्टिपूर्ण प्रस्तुति र भारतीय परम्परागत ज्ञानमा आधारित जीवनशैलीको प्रवर्द्धन कार्यक्रममा मुख्य आकर्षण बन्यो।

लुम्बिनीमा आयोजित योग कार्यक्रममा ५०० भन्दा बढी सहभागीले भाग लिएका थिए। कार्यक्रममा लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती र नेपालका युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरीको उपस्थिति रह्यो। प्रमुख अतिथिहरुले योगमार्फत भारत–नेपालबीचको सांस्कृतिक सम्बन्ध थप मजबुत भएको धारणा राखे।

पोखराको फेवा ताल किनारमा ५०० जनासँग बृहत ध्यान सत्र गरिएको थियो भने असार ७ गते पोखरा रंगशालामा आयोजित मुख्य समारोहमा ७ हजारभन्दा बढी योग अभ्यासकर्ता सहभागी थिए । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरका मेयर धनराज आचार्य र भारतीय राजदूत नवीन श्रीवास्तवले योगले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउने धारणा व्यक्त गरे।

वीरगञ्ज, जनकपुर, चितवन, हेटौँडा, रौतहट र बरियारपुरमा पनि महावाणिज्य दूतावासले योग दिवसका विविध कार्यक्रम आयोजना गरेको थियो। भारतीय राजदूतावासले योगलाई स्वास्थ्य, कल्याण र संस्कृति जोड्ने सेतुको रुपमा लिई नेपाल–भारत जनस्तरीय सम्बन्ध विस्तारमा निरन्तर योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ६ : २९ बजे

नगद र लागूऔषधसहित एक युवक पक्राउ

नेपालगञ्ज– बाँकेको नेपालगञ्जबाट प्रहरीले स्रोत नखुलेको २२ लाख बढी नगद

सानिमा लार्ज क्याप फण्डले २१ प्रतिशत लाभांश दिने 

काठमाडौं– सानिमा लार्ज क्याप फण्डले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट

कृष्णपुरमा छाउगोठ भत्काउने अभियान

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ स्थित हनुमानपुरमा रहेका २० छाउगोठ भत्काइएको

खनाल निवासमा वामपन्थी दलहरूबीच छलफल

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालको निवास डल्लुमा

सानिमा ग्रोथ फण्डले १५.७९ प्रतिशत लाभांश दिने 

काठमाडौं– सानिमा ग्रोथ फण्ड योजनाले आर्थिक वर्ष २०८१÷८२ का लागि