पोखरा रंगशालामा अन्तर्राष्ट्रिय योग दिवस « Khabarhub

पोखरा रंगशालामा अन्तर्राष्ट्रिय योग दिवस


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

पोखरा – पोखरा रंगशालामा शुक्रबार अन्तर्राष्ट्रिय योग दिवस २०२५ मनाइएको छ । भारतीय राजदूतावास, काठमाडौँ र पोखरा महानगरपालिकाको सहकार्यमा आयोजित विशाल योग शिविरमा करिब ७ हजार योग अभ्यासकर्ताले सहभागिता जनाएका छन् ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तव, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्य, जिल्ला खेलकुद विकास समिति कास्कीका पदाधिकारी लगायत उच्चपदस्थ व्यक्तिहरूको उपस्थिति थियो ।

मुख्यमन्त्री पाण्डेले जीवनशैलीजन्य समस्याहरू, मानसिक तनाव र असन्तुलनको समाधानका रूपमा योगको भूमिका अपरिहार्य रहेको उल्लेख थिए ।

 ‘योग शारीरिक व्यायाम मात्र होइन, जीवन जिउने कला हो। शरीर, मन र आत्माको सन्तुलनमार्फत योगले हामीलाई सशक्त, सचेत र नैतिक बनाउँछ,’ उनले भने । 

गण्डकी प्रदेश सरकारले योगलाई प्राथमिकतामा राख्दै विगत वर्षदेखि ‘गण्डकी स्वजागरण अभियान’ सञ्चालन गरेको र प्रदेशलाई आरोग्य पर्यटनको केन्द्रका रूपमा विकास गर्ने नीति लिएको मुख्यमन्त्री पाण्डेले स्पष्ट पारे । उनले गण्डकीको प्राकृतिक, धार्मिक र सांस्कृतिक विविधता रहेको भूगोल योग अभ्यासका लागि अत्यन्त उपयुक्त रहेको समेत औंल्याए । 

भारतीय राजदूत नवीन श्रीवास्तवले योगको विश्वव्यापी प्रभाव र यसले भारत-नेपालबीचको सांस्कृतिक सम्बन्ध सुदृढ गर्न खेलेको भूमिकामाथि प्रकाश पारे । उनले आजको जटिल जीवनशैलीमा योगले सन्तुलन, अनुशासन र मानसिक शान्ति दिने विश्वास व्यक्त गरे । 

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरले योग अभ्यासको प्रवर्द्धनका लागि केन्द्रस्तरीय योग केन्द्र स्थापना गरिसकेको र महानगर क्षेत्रमा सक्रिय योग केन्द्रहरूलाई सामग्री तथा आवश्यक सहयोग उपलब्ध गराउँदै आएको जानकारी दिए ।

 ‘पोखरा जस्तो प्राकृतिक सौन्दर्यले भरिएको सहरलाई योग पर्यटनको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा अघि बढाउने उद्देश्यमा महानगर लागिपरेको छ,’ नगरप्रमुख आचार्यले भने । 

उक्त कार्यक्रम राष्ट्रिय खेलकुद परिषद् र जिल्ला खेलकुद विकास समिति कास्कीको समेत सहकार्यमा सम्पन्न भएको हो । सहभागीहरूले हिमाल, ताल र शान्त वातावरण भएको पोखरालाई योग साधना, ध्यान र मानसिक आरोग्यता प्रवर्द्धनको लागि आदर्श गन्तव्यका रूपमा विकास गर्न सकिने ठोस सम्भावना रहेको धारणा राखेका थिए ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ७ : ०९ बजे

इभीमा आगलागी, चालकको मृत्यु

चितवन– भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका

सहिद परिवारलाई मल्हम लगाउँदै नेपालगन्ज उपमहानगरपालिका

राँझा– जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेन-जी सहिदको सम्मान

भोटेकोशी बाढी : फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

बागलुङ– भोटेकोशी बाढीपछि बेपत्ता इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तान

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

नुवाकोट– यही भदौ १० गते भोटेकोशीमा नदीमा आएको बाढीले नुवाकोटको

गोकर्णेश्वरमा पितृभक्तको घुइँचो

काठमाडौं– काठमाडौँ उपत्यकाको प्रर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर वरपर