झम्क तिमल्सिनाको दोस्रो उपन्यास `विमुक्ति´को लोकार्पण « Khabarhub

झम्क तिमल्सिनाको दोस्रो उपन्यास `विमुक्ति´को लोकार्पण


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आख्यानकार झम्क तिमल्सिनाको उपन्यास विमुक्ति नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात सभाकक्षमा शनिबार लोकार्पण गरिएको छ । प्राज्ञ तथा कथाकार माया ठकुरीको प्रमुख आतिथ्यमा साहित्यकार भुवनहरि सिग्देल, समालोचक द्वय डा. अशोक थापा र महेश पौड्यालले कृतिको लोकार्पण गरे ।

कार्यक्रममा प्रमुख अतिथि ठकुरीले कृतिले सामाजिक अन्तरवस्तु समेटेको समेटेको बताइन् । `कृतिकारबाट आगामी दिनमा यस्तै रचना आउन्, प्रेरणा मिलोस,´ उनले भनिन ।

कृतिबारे टिप्पणी गर्दै समालोचक थापाले एउटा सम्भ्रान्त वर्गको छुटेको परिवारको कथा समेटिएको बताए । समाजमा सबै पक्षले मान्छे सुविधाभोगी भए पनि ऊ भित्र दु:खको पहाड हुने पनि बताए । विमुक्ति एउटा सामाजिक र दार्शनिक उपन्यास रहेको उनले प्रस्ट पारे ।

यसैगरी, अर्का समालोचक पौड्यालले पनि विमुक्तिमा सामाजिक र दार्शनिक पक्ष समेटिएको बताए । कृति उच्च सम्भ्रान्त वर्गको कथा भए पनि त्यहाँभित्रको अदृश्य पाटो उत्खनन गरिएको पनि उनले बताए । धनी मान्छेका पनि दु:ख हुन्छन्, दु:ख धनी र गरिबका उस्तै हुने हुँदा यसलाई उच्च वर्गको दु:खको कथा रहेको उनले बताए ।

समाजमा प्रौढ व्यक्तिका दु:ख र कथा कम लेखिएको समयमा विमुक्तिले त्यो अभाव पूर्ति गर्ने प्रयास गरेको पनि पौड्यालले बताए । ‘उडेर जहाँ गए पनि भुइँ छोड्न नहुने सन्देश पनि कृतिले समेटेको छ, उनले भने, ‘जहाँ जीवन र सुखदुखको विरोधाभास पाइनेछ ।’

कार्यक्रममा कृतिकार तिमल्सिनाले पाठकको प्रेरणा प्राप्त हुन सके लेखनयात्रालाई निरन्तरता दिने बताए । कार्यक्रमको अध्यक्षता गरेका साहित्यकार भुवनहरि सिग्देलले मन्तव्यसहित कार्यक्रम समापन गरे ।

कृषि विकास बैंकका उच्च अधिकारी कृतिकार तिमल्सिनाले यसअघि विज्ञानसँग सम्बन्धित उपन्यास अन्धकूप बजारमा ल्याइसकेका छन् । पेज टर्नर प्रालिले बजारमा ल्याएको कृतिको मूल्य ४५० रुपैयाँ छ ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ७ : ३२ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज