एसीसी यू १६ इस्ट जोन कप : नेपालले आइतबार सिंगापुरसँग खेल्ने « Khabarhub

एसीसी यू १६ इस्ट जोन कप : नेपालले आइतबार सिंगापुरसँग खेल्ने


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मलेसियामा आइतबारदेखि एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिता सुरु हुँदैछ। जुलाई ५ सम्म चल्ने यस प्रतियोगितामा नेपालसहित १० राष्ट्रको सहभागीता छ ।

प्रतियोगिताको उद्घाटन खेलमा आइतबार नेपालले सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ। नेपाली समयअनुसार उक्त खेल बिहान पौने ८ बजे वाईएसडी यूकेएम ओभल, बांगी मैदानमा सुरु हुनेछ।

प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ क्यानले नेपाली विपीनप्रसाद शर्माको कप्तानीमाा नेपाली टोलीको घोषणा गरेको थियो ।

नेपाल रहेको समूह ‘ए’ मा सिंगापुर, इन्डोनेसिया, भुटान र जापान रहेका छन् । त्यस्तै समूह ‘बी’ मा मलेसिया, मलेसिया, हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन्।

दुवै समूहका शीर्ष दुई टोली (विजेता र उपविजेता) सेमिफाइनलमा स्थान बनाउनेछन्।

नेपाली टाेली

विपीनप्रसाद शर्मा (कप्तान), सूर्यांशु कोइराला (उपकप्तान), शिवांश बजगाई, परिमार्जन यादव, रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुशील रावल, शुभम खनाल, प्रसिद्ध जयशी, जय थापा र रोशन शाही ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ९ : ३२ बजे

आज जर्सीसँग एकदिवसीय प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज जर्सीसँग प्रतिस्पर्धा गर्दैछ

पहिरोले मेची राजमार्ग अवरुद्ध

इलाम– निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै वैकल्पिक

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

बाँके– बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती नदीमा पुल

राहदानी विभागमा नयाँ प्रणाली सुरु : एक करोड डेटा एकसाथ सारियो

काठमाडौँ – परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले नेपालको इतिहासकै सबैभन्दा धेरै

हेटौँडामा बाढी: चालकसहित ट्रक बगायो

हेटौँडा- हेटौँडा उपमहानगरपालिका–१७ स्थित कर्रा खोलामा सोमबार बिहान आएको बाढीले