दुई नेपाली फिल्मलाई ६ शो, हलमा १२ वटा विदेशी फिल्म | Khabarhub Khabarhub

दुई नेपाली फिल्मलाई ६ शो, हलमा १२ वटा विदेशी फिल्म


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रदर्शनका हिसाबले असार महिना नेपाली फिल्मका लागि खासै उत्साहजनक देखिएन । असारमा एक मात्रै नेपाली फिल्म प्रदर्शनमा आयाे ।

अहिले देशभरका हलमा १४ वटा फिल्म प्रदर्शनरत छन् । त्यसमध्ये १२ वटा विदेशी फिल्म हुन् ।

यति धेरै नेपाली फिल्मका बीचमा दुई नेपाली फिल्म ‘ऊनको स्वीरट’ र ‘यो मन त मेरो नेपाली हो’ छन् ।

वैशाख २६ गते प्रदर्शनमा आएको हिट फिल्म ‘ऊनको स्वीटर’ साउन ५ गते सोमबारलाई तीन शो पाएको छ । प्रदर्शनको ७४ दिन अझै यो फिल्म हलमा टिकिरहेको छ ।

‘यो मन त मेरो नेपाली हो’ असार २७ बाट प्रदर्शनमा आएको हो । बक्स अफिसमा फ्लप बन्दा प्रदर्शनको ११ औं दिनमा यो फिल्म तीन शोमा खुम्चिएको छ ।

अर्थात, साउन ५ गते यी दुवै फिल्मले बराबर तीन–तीन शो पाएका छन् ।

यी दुईले पाएको शो संख्याभन्दा नेपाली हलमा प्रदर्शनरत विदेशी फिल्मको संख्या ठीक दोब्बर छ ।

किन भयो यस्तो ?

साउनको २ गते परेको यस महिनाको पहिलो शुक्रबार पार गर्दासम्म यो वर्ष प्रदर्शनमा आएको एक फिल्म ‘ऊनको स्वीटर’ हिट बन्यो ।

वैशाखमा हरेका साता जसो नयाँ फिल्म प्रदर्शनमा आए । तर, ‘ऊनको स्वीटर’ मात्रै व्यापारिक रुपमा सफल भयो ।

जेठमा पनि हरेक साता जस्तो नयाँ फिल्म प्रदर्शनमा आए । जेठमा प्रदर्शनमा आएका पाँच वटा फिल्म नै फ्लप भए ।

असारमा एक मात्रै फिल्म ‘यो मन त मेरो नेपाली हो’ प्रदर्शनमा आयो । यो पनि फ्लप भयो ।

अर्थात्, जेठमा प्रदर्शनमा आएका सबै फिल्म फ्लप बन्दा र असारमा प्रदर्शनमा आएको एक फिल्म पनि बक्स अफिसमा कमजोर बन्दा हलमा विदेशी फिल्म हाबी भएका हुन् ।

साउन १६ गते यस महिनाको तेस्रो शुक्रबार मात्रै फ्रेस नेपाली फिल्म ‘रियाल रिङ्गेट’ प्रदर्शनमा आउँछ । हलमा फ्रेस नेपाली फिल्म लाग्न अझैँ १२ दिन बाँकी छ ।

शो संख्या कम भएकाले अहिले प्रदर्शनरत दुई फिल्म साउन १६ सम्म टिक्न मुस्किल देखिन्छ । यदि यस्तो भएको अवस्थामा हलमा विदेशी फिल्म एकछत्र प्रदर्शनमा आउने देखिन्छ ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ६ : ३८ बजे

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत

महोत्तरीमा आज साँझ धनतेरस मनाउने तयारी

महोत्तरी– सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन यसपालिको दीपावली (तिहार) पर्व सुरु

नारायणगढ–मुग्लिन सडक खण्डमा सातवटा गाडी एकआपसमा ठोक्किए

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना

अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता

वासिङ्टन डिसी– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगार्थमसँग भेटवार्ता

काठमाडौं उपत्यकाका पाँच क्षेत्रमा भेला र प्रदर्शन गर्न निषेध

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं उपत्यकाका विभिन्न पाँच क्षेत्रमा