दुई नेपाली फिल्मलाई ६ शो, हलमा १२ वटा विदेशी फिल्म « Khabarhub

दुई नेपाली फिल्मलाई ६ शो, हलमा १२ वटा विदेशी फिल्म


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रदर्शनका हिसाबले असार महिना नेपाली फिल्मका लागि खासै उत्साहजनक देखिएन । असारमा एक मात्रै नेपाली फिल्म प्रदर्शनमा आयाे ।

अहिले देशभरका हलमा १४ वटा फिल्म प्रदर्शनरत छन् । त्यसमध्ये १२ वटा विदेशी फिल्म हुन् ।

यति धेरै नेपाली फिल्मका बीचमा दुई नेपाली फिल्म ‘ऊनको स्वीरट’ र ‘यो मन त मेरो नेपाली हो’ छन् ।

वैशाख २६ गते प्रदर्शनमा आएको हिट फिल्म ‘ऊनको स्वीटर’ साउन ५ गते सोमबारलाई तीन शो पाएको छ । प्रदर्शनको ७४ दिन अझै यो फिल्म हलमा टिकिरहेको छ ।

‘यो मन त मेरो नेपाली हो’ असार २७ बाट प्रदर्शनमा आएको हो । बक्स अफिसमा फ्लप बन्दा प्रदर्शनको ११ औं दिनमा यो फिल्म तीन शोमा खुम्चिएको छ ।

अर्थात, साउन ५ गते यी दुवै फिल्मले बराबर तीन–तीन शो पाएका छन् ।

यी दुईले पाएको शो संख्याभन्दा नेपाली हलमा प्रदर्शनरत विदेशी फिल्मको संख्या ठीक दोब्बर छ ।

किन भयो यस्तो ?

साउनको २ गते परेको यस महिनाको पहिलो शुक्रबार पार गर्दासम्म यो वर्ष प्रदर्शनमा आएको एक फिल्म ‘ऊनको स्वीटर’ हिट बन्यो ।

वैशाखमा हरेका साता जसो नयाँ फिल्म प्रदर्शनमा आए । तर, ‘ऊनको स्वीटर’ मात्रै व्यापारिक रुपमा सफल भयो ।

जेठमा पनि हरेक साता जस्तो नयाँ फिल्म प्रदर्शनमा आए । जेठमा प्रदर्शनमा आएका पाँच वटा फिल्म नै फ्लप भए ।

असारमा एक मात्रै फिल्म ‘यो मन त मेरो नेपाली हो’ प्रदर्शनमा आयो । यो पनि फ्लप भयो ।

अर्थात्, जेठमा प्रदर्शनमा आएका सबै फिल्म फ्लप बन्दा र असारमा प्रदर्शनमा आएको एक फिल्म पनि बक्स अफिसमा कमजोर बन्दा हलमा विदेशी फिल्म हाबी भएका हुन् ।

साउन १६ गते यस महिनाको तेस्रो शुक्रबार मात्रै फ्रेस नेपाली फिल्म ‘रियाल रिङ्गेट’ प्रदर्शनमा आउँछ । हलमा फ्रेस नेपाली फिल्म लाग्न अझैँ १२ दिन बाँकी छ ।

शो संख्या कम भएकाले अहिले प्रदर्शनरत दुई फिल्म साउन १६ सम्म टिक्न मुस्किल देखिन्छ । यदि यस्तो भएको अवस्थामा हलमा विदेशी फिल्म एकछत्र प्रदर्शनमा आउने देखिन्छ ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ६ : ३८ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार