आज साउन महिनाको पहिलो सोमबार भगवान शिवको विशेष दिन « Khabarhub

आज साउन महिनाको पहिलो सोमबार भगवान शिवको विशेष दिन


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल साउन ५ गते सोमबार। साउन कृष्ण पक्षको एकादशी तिथि। कामीका एकादशी व्रत। तदनुसार सन् २०२५ जुलाई २१ तारिख। साउन महिनाको पहिलो सोमबार भएकाले आज व्रतालुका लागि अझ विशेष दिन हो । साउनको सोमबार पशुपतिसहित शिव भन्दिरमा भक्तजनको भीड लाग्ने गर्दछ ।

हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ।

शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताएपछि सकिन्छ। खाना बेलुकाको आरती सकिएपछि खाइन्छ। दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ। तर कुनै पनि पूजाको अगाडि गणेशको पूजा भने अनिवार्य नै छ।

सोमबारको उपवासले मानिसको इच्छा अनि आकंक्षा पूरा गर्ने विश्वास रहिआएको छ। त्यस्तै ज्ञान प्राप्ति हुन्छ। अविवाहित स्त्रीले असल पति पाउँ भनि सोमबार व्रत बस्ने चलन अझै पनि छ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ५ : २४ बजे

मधेशका मुख्यमन्त्रीले दिए राजीनामा, एमालेले एक महिनामा गुमायो प्रदेश प्रमुखदेखि सभामुखसम्म

जनकपुरधाम- मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले बुधबार पदबाट राजीनामा

सहमतिबिनै २० वर्ष नपुगी विवाह, सरोकारवाला भन्छन् : कानुन कार्यान्वयन फितलो भयो

काठमाडौं– सरोकारवालाले २० वर्ष उमेर नपुगी हुने बालविवाह निरुत्साहन गर्नुपर्ने

कर्णालीका पूर्वमुख्यमन्त्री शर्माले माओवादी दलको नेताबाट दिए राजीनामा

सुर्खेत- कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले नेकपा (माओवादी केन्द्र) संसदीय

१३ अंकले घट्यो नेप्से, ७४ वटा कम्पनीको बढ्यो सेयर मूल्य

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.५२ अंकले घटेको छ

एमाले महाधिवशेन : दुई जिल्लाबाहेक सबैमा प्रतिनिधि छनोट टुङ्गियो

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि दुई जिल्लाबाहेक