एमाले केन्द्रीय कमिटी बैठक बस्दै, प्रत्येक सदस्यलाई बोल्न तीन मिनेटको समय | Khabarhub Khabarhub

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, प्रत्येक सदस्यलाई बोल्न तीन मिनेटको समय


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज (सोमबार) बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । 

बैठकमा आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा आयोजना हुने पार्टीको विधान महाधिवेशनमा प्रस्तुत गरिने मस्यौदाबारे छलफल हुनेछ ।

पार्टी स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार विधान मस्यौदा समितिका संयोजक पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले यसअघि सचिवालय र पोलिटब्युरोले पास गरेको विधान केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने छन् ।

प्रस्तावित विधानका बारेमा इच्छुक केन्द्रीय कमिटी सदस्यलाई बढीमा तीन मिनेटमा आफ्ना धारणा राख्न समय उपलब्ध गराइने कार्यसूची रहेको छ ।

सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरूले उपल्ला कमिटीमै धारणा राखिसकेका कारण केन्द्रीय सदस्यहरूले मात्र बैठकमा बोल्न अवसर पाउने गौतमले जानकारी दिए ।

सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो बाहेक एमालेमा करिब २३० जना केन्द्रीय सदस्य छन् । बैठक भाेलि (मंगलबार) सम्ममा सक्ने भनिए पनि सबै केन्द्रीय सदस्यहरूले धारणा राख्न समय लिएमा बुधबारसम्म लम्बिन सक्ने एमालेले जनाएको छ ।

यही साउन १ गते बसेको पार्टीको सचिवालय तथा २ र ३ गते बसेको पोलिटब्युरो बैठकले ७० वर्षको उमेर हद र एउटै पदमा दुई कार्यकालको प्रावधान हटाइएको छ ।

उपाध्यक्ष पौडेलले विधानमा यी विषयहरू पनि समेटेर केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने छन् ।

केन्द्रीय कमिटीले पास गरेको विधान मातहतमा कमिटीमा थप सुझावका लागि पठाउने तयारी एमालेको छ ।

मातहतका कमिटीबाट आएका सुझावहरूलाई समेटेर विधान महाधिवेशनमा प्रस्तुत गरिने गौतमले जानकारी दिए । 

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ८ : १० बजे

मृत्युको हल्ला फैलाउने व्यक्तिविरुद्ध रजा मुरादले दर्ता गरे एफआईआर

काठमाडौं – बलिउडका वरिष्ठ अभिनेता रजा मुरादले आफ्नो मृत्युको हल्ला

यस्तो बन्यो कबड्डी जोडी दयाहाङ र रिश्मा स्टारर ‘रिमै’को ट्रेलर

काठमाडौं – फिल्म ‘कबड्डी’को रिल जोडी दयाहाङ राई र रिश्मा

बङ्गलादेशमा रोहिङ्ग्याहरूको भविष्य अझै अनिश्चित

ढाका- म्यान्मारको राखाइन राज्यबाट भागेर सन् २०१७ मा बङ्गलादेश पुगेका

तीजले महिलामा सशक्तीकरणको दिशामा अघि बढ्न प्रेरणा दिन्छ : उपसभामुख राना

काठमाडौं– उपसभामुख इन्दिरा रानाले तीज पर्वले लैङ्गिक समानता र महिलाको

तीजले एकजुट हुन प्रेरणा दिन्छ : राष्ट्रियसभा अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तीज पर्वले पारिवारिक तथा सामाजिक