जापानमा दक्षिणपन्थी दलको प्रभाव बढ्दो | Khabarhub Khabarhub

जापानमा दक्षिणपन्थी दलको प्रभाव बढ्दो


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जापानमा अति दक्षिणपन्थीको प्रभाव बढेको छ। जापानको माथिल्लो संसदमा दक्षिणपन्थी सानसियटी पार्टीको प्रभाव बढेको छ।

राष्ट्रवादी नारा, गैर आप्रवासी चेतावनी तथा कर कटौती र सामाजिक सुरक्षाका मुद्दाले दक्षिण पन्थीको प्रभाव बढी रहेको छ।

कोभिड महामारीको कसर परिरहेको समयमा युट्युबमा अभियानको सुरुवात गर्दै सो दलको स्थापना भएको हो। एनएचकेले गरेको सर्वेक्षण अनुसार २४८ सदस्सीय चेम्बरमा २२ स्थानमा सफलता पाएको छ। सो दलको एक सिट मात्र थियो।

तल्लो सदनको त्यो दलको तीन सिट मात्र छ। यो चुनावी अभियानको नेतृत्व पार्टी नेता ४७ वर्षीय पूर्व अङ्ग्रेजी शिक्षक सोहय कमाइले गरेका छन्। विगतमा उनको विभिन्न अभिव्यक्ति विवादमा आएको थियो। उनी अमेरिकी राष्ट्रपति शैलीलाई बोल्ड स्टाइलको भन्दै प्रशंसा गर्छन्। उनले एक अन्तरवार्तामा जापान पहिलोको मुद्दालाई अघि बढाएका थिए।

पछिल्लो सर्वेक्षणले जापानको माथिल्लो संसदमा सत्तारुढ गठबन्धनले आफ्नो पकड गुमाएको छ। सत्तारुढ गठबन्धनलाई माथिल्लो संसदमा ५० सिट आवश्यक भए पनि ४७ सिटमा सीमित भएको हो। यसका बाबजुद प्रधानमन्त्री सिगेरु इसिबाले सत्ता छाड्ने कुनै योजना नभएको बताएका छन्। जापानमा अहिले आप्रवासी मुद्दा उठिरहेको छ। साथै खाद्यान्नमा भएको मूल्य वृद्धि पनि यस निर्वाचनको एउटा मुद्दा बनेको थियो।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ८ : ५६ बजे

करेन्ट लागेर अरुण तेस्रोमा कार्यरत मजदुरको मृत्यु

किमाथाङ्का– सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुणतेस्रो जलविद्युत् आयोजनामा

घुसकाण्डमा जोडिएका पूर्वमन्त्री गुप्तालाई अख्तियारले बोलायो

काठमाडौं– घुसकाण्डमा जोडिएर राजीनामा दिएका  निवर्तमान संघीय मामिला तथा सामान्य

सिन्धुलीगढिको झल्को गढीडाँडामा

कमलामाई– जहाँ इतिहासको धड्कन सुनिन्छ, त्यही हो सिन्धुलीगढि । जसलाई

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

कैलाली– १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा टीकापुर नगरपालिका-४ मौरनिया

प्राविधिक गडबडीका कारण अलास्का एयरलायन्सका उडान अवरूद्ध

न्यूयोर्क- अलास्का एयरलाइन्सले अमेरिकी सङ्घीय उड्डयन प्रशासन एफएएले जारी गरेको