वर्षातमा पनि आगलागीका घटना | Khabarhub Khabarhub

वर्षातमा पनि आगलागीका घटना


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वर्षातको समयमा पनि आगलागीका घटना हुुँदैन होला भन्ने तपाई लाग्न सक्छ, तर अवस्था त्यस्तो छैन । देशभर वर्षात् भइरहेका बेला पनि पछिल्ला दिनमा आगलागीका घटनाका कारण ठूलो जनधनको क्षति भएको छ ।

राष्ट्रिय विपद् जोमिख न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सक्रिय मनसुन रहेको, देशव्यापी रुपमा पानी परिरहेको भए पनि आगलागीको घटना उल्लेख्य भएका छन् ।

यही साउन ३ गते बिहान १० बजेदेखि ४ गते बिहान १० बजेसम्म मात्रै ६ वटा आगलागीका घटना घटेका छन् । त्यसबाट ६ जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । आगलागीबाट ४० परिवार प्रभावित भएका छन् ।

गत वैशाखदेखि साउन ४ गतेसम्म नौ सय ६९ वटा आगलागीका घटना घटेका छन् । त्यसबाट १४ जनाको ज्यान गएको छ । आगलागीमा परेर एक सय ४० जना घाइते भएका छन् । त्यसबाट एक हजार ७९ परिवार प्रत्यक्ष रुपमा प्रभावित भएको प्राधिकरणको विवरणमा उल्लेख छ ।

गत वैशाखदेखि हालसम्म वन डढेलोको सङ्ख्या १५८ छन् । त्यसबाट दुई जना घाइते हुँदा २७ घरपरिवार प्रभावित भएका छन् । हावाहुरीका दुई सय ७३ घटना रेकर्ड हुँदा आठको ज्यान गएको छ । कूल ३९ जना घाइते हुँदा पाँच सय ३१ परिवार हावाहुरीका कारण प्रभावित भएका छन् ।

यस अवधिमा ६३ वटा सर्पदंशको घटना घटेका छन् । सर्पदंशका कारण पाँच जनाको ज्यान गएको छ भने ६४ जना घाइते भएका छन् । ७० परिवार प्रभावित बनेका छन् ।

देशभर बाढीका एक सय ३७ घटना रेकर्ड भएका छन् । त्यसबाट १३ जनाको ज्यान जानुका साथै एक हजार दुई सय ४६ परिवार प्रभावित भएका छन् । बाढीमा परेर २० जना बेपत्ता भएका छन् ।

पहिरोमा एक सय ८३ वटा घटना रेकर्ड भएका छन् । पहिरोमा परेर सात जनाको ज्यान जाँदा नौ घाइते भएका छन् । कूल एक सय ९९ परिवार प्रभावित भएका छन् ।

सो अवधिमा देशभर दुई सय २४ पटक परेको चट्याङबाट २८ जनाको निधन भएको छ । एक सय ६० जना घाइते हुँदा दुई सय ६० परिवार प्रभावित भएका छन् । लेक लागेर ११ जना, जनावरको आक्रमणमा परेर १२ जनाको ज्यान गएको छ । (रासस)

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  १० : ०३ बजे

माधव नेपाल भन्छन् : वैज्ञानिक समाजवादलाई जनताको जीवन पद्धतिमा उतार्नुपर्छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

किशोरीमाथि करणी प्रयासको अभियोगमा दुई पक्राउ

झापा – यहाँस्थित कचनकवल गाउँपालिका–७ मा १७ वर्षीया किशोरीलाई ललाइफकाइ

माइती र चेलीलाई ममताले जोडोस्, संस्कृतिको सुगन्धले जीवन भरिओस् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तीजको अवसरमा दर खाने

अनमोल, आँचल र जसीता स्टारर ‘जेरी अन टप’टिजर रिलिज

काठमाडौं – असोज ३१ गतेबाट प्रदर्शनमा आउने वर्ष २०८२ को

स्थानीय तह स्वमूल्यांकन : काभ्रेमा नमोबुद्ध उत्कृष्ट

काभ्रे – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन (लिजा) मा जिल्लाका