बागलुङ नगर अस्पताल भवन निर्माण : चार वर्षमा आधा मात्रै काम | Khabarhub Khabarhub

बागलुङ नगर अस्पताल भवन निर्माण : चार वर्षमा आधा मात्रै काम


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बागलुङ– निर्माण व्यवसायीले काम जारी नराख्दा १५ शय्याको बागलुङ नगर अस्पताल भवन निर्माण अन्यौलमा देखिएको छ ।

अहिले निर्माणधीन अस्पताल भवनमा घाँस उम्रिन थालेको छ । अस्पताल भवन निर्माण थालिएको चार वर्ष लाग्दा अस्पतालको जम्मा ५६ प्रतिशत मात्रै भौतिक प्रगति देखिएको छ ।

निर्माणमा ढिलासुस्ती भएका कारण अस्पतालका रडमा खिया लागेको छ भने भित्तामा घाँस उम्रेको पाइएको छ । दुई वर्षमा सक्ने भनेको भवनको सम्झौता तीन पटक म्याद थप्दासमेत अझै सम्पन्न नभएको बागलुङ नगरपालिकाले जनाएको छ ।

भवन निर्माणका लागि तेस्रो पटक २०८३ असार १९ गते सम्म म्याद थपेको बागलुङ नगरपालिकाले जनाएको छ ।

पटक–पटक ताकेता गर्दासमेत भवन निर्माण सम्पन्न नभएको र सङ्घीय बजेट भएकाले बाध्य भएर म्याद थप गरेको बागलुङ नगरपालिकाका इञ्जीनीयर सोबिन घर्तीले जानकारी दिए ।

उनका अनुसार निर्माण व्यवसायीले नगरपालिकाबाट गरेको फोनसमेत नउठाउने गरेको पाइएको बताए । उनले नगरपालिकाले चेतावनीपत्र पठाउने तयारी थालेको उनको भनाइ छ ।

पटक–पटक म्याद मात्रै थपेर निर्माण व्यवसायी फर्केको जनाउँदै अहिले अस्पताल भवनमा इँटा झारेर काम नगरेको पाइएको हो ।

अस्पताल भवन निर्माणमा ढलानको काम मात्रै सकेर पर्खालको काम बिचमै निर्माण व्यवसायीले अलपत्र पारेर छोडेको छ । १२ करोडको भवनमा फ्याट्टफुट्ट कामदार लिएर काम गर्दा भवनले गति नलिएको हो । भवनको ५६ प्रतिशत भौतिक र ५२ प्रतिशत वित्तीय प्रगति भएको इञ्जीनीयर घर्तीको भनाइ छ ।

बागलुङ–१३ पैँयूपाटामा निर्माणाधीन १५ शय्याको बागलुङ नगर अस्पताल दुई वर्षभित्र निर्माण सक्नेगरी २०७८ मा सम्झौता भएको थियो ।

बागलुङ नगरपालिकाका इञ्जीनीयर सोबिन घर्तीका अनुसार २०८० असार २० गते निर्माण सकेर हस्तान्तरण गर्नेगरी सम्झौता भए पनि तीन पटक म्याद थप हुँदासमेत ५६ प्रतिशत प्रगति भएको बताए ।

बागलुङ नगरपालिकाले अस्पताल भवन निर्माणका लागि १२ करोड ८७ लाखमा श्री महालक्ष्मी/जुगल जेभीसँग २०७८ असार २३ गते सम्झौता गरेको थियो ।

काम गरेको भुक्तानी समयमै नपाएको, कच्चा सामग्री आयातमा सडकको अवरोध रहेका कारण निर्माणमा ढिलाइ भएको निर्माण व्यवसायी नरेश ओझाले जानकारी दिए ।

६ महिनाभित्र काम सक्नेगरी निर्माणलाई तीव्रता दिने निर्माण व्यवसायीको भनाइ छ । स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी नगर अस्पताल बनाएर सेवा दिए पनि भवन अभावले समस्यामा परेको छ ।

निर्माण व्यवसायीलाई ताकेता गरिरहेको भए पनि काममा आउने फर्कने र पाँच/छ जना कामदार मात्रै खटाउने गरेको बागलुङ नगरपालिका– १३ का वडाध्यक्ष  नारायण पौडेलले बताए ।

निर्माण व्यवसायीको ढिलासुस्तीका कारण अस्पताल भवन निर्माण कहिले सकिने टुङ्गो लाग्न नसकेको हो ।  सरकारले प्रत्येक पालिकामा १५, १० र ५ शय्याको आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्यअनुसार नगर अस्पताल निर्माण थालिएको थियो ।

अस्पतालको प्रवेशद्वार, पार्किङलगायत संरचनासहित तीन तलाको विद्युतीय भर्‍याङसहितको अस्पताल निर्माण गर्ने सम्झौतामा उल्लेख छ ।

बागलुङ नगरपालिकाको रायडाँडा, पैँयूपाटा, अमलाचौर र नारायणस्थनका बासिन्दालाई अस्पताल निर्माणसँगै स्वास्थ्य सेवा लिन सहज हुनेगरी नगर अस्पताल घोषणा गरेर सेवा दिन थाले पनि भवन निर्माणमा ढिलाइ हुँदा पूर्ण सेवा दिन नसकिएको हो । (रासस)

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ११ : २८ बजे

राजेश हमाल होस्ट रहेको रियालिटी शो ‘र’को प्रसारण आजबाट सुरु

काठमाडौं – महानायक राजेश हमाल प्रस्तोता रहेको नेपालको पहिलो कृषि

पर्सा प्रहरीले गर्‍यो ६७ युनिट रगत संकलन

वीरगञ्ज– ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा यहाँस्थित जिल्ला प्रहरी

एसियन कप खेलेर स्वदेश फर्कियो नेपाली टोली 

काठमाडौं– एएफसी एसियन कप छनोट खेल्न भियतनाम पुगेको नेपाली राष्ट्रिय

राष्ट्रपति ट्रम्पको स्वीकृतिसँगै सीआईएले भेनेजुएलाविरुद्ध कारवाही गर्ने

वाशिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार भेनेजुएलाविरुद्ध गोप्य रूपमा केन्द्रीय

प्रचण्डले भने- अहिलेको अवस्थामा निर्वाचनबाहेक अर्को उत्तम विकल्प छैन

काठमाडौं– नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिलेको अवस्थामा