भीम रावलको कटाक्ष : ओलीको अतृप्त सत्ता भोक शान्त पार्न कार्यदल बनाउनू « Khabarhub

भीम रावलको कटाक्ष : ओलीको अतृप्त सत्ता भोक शान्त पार्न कार्यदल बनाउनू


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का पूर्वउपाध्यक्ष डा. भीम रावलले केपी शर्मा ओलीलाई आजीवन नेतृत्वमा रहन दिने गरि ७० वर्षे उमेर हदको सीमा हटाउने प्रस्तावप्रति व्यंग्य गरेका छन् ।

अध्यक्ष ओलीले पार्टीमा रहेका उमेरसम्बन्धी सीमा हटाउने प्रस्ताव बैठकमा अघि सारेपछि डा. रावलले सामाजिक सञ्जालमार्फत व्यंग्य र प्रश्न गरेका छन् ।

‘७० वर्षे प्रावधान हटाउने हो भने झ्यालखानामा बसेको अवधि पनि घटाउनुपर्छ भन्ने कुरा केपीबाट बैठकमा पेश भएछ’, उनले कटाक्ष गर्दै भनेका छन्, ‘केपीको अतृप्त पद र सत्ता भोक शान्त पार्न उहाँको राजनीतिमा आउनुअघिको बाल्यकाल, काम नगरी सुतेको र बिरामी भई काम नगरेको समयावधि पनि घटाउन पार्टीमा कार्यदल गठन गर्ने कि?’

७० वर्षे उमेर सीमा एमालेको नेतृत्व तहमा पहुँचका लागि तोकिएको थियो। तर हाल यो सीमा हटाउने विषयमा छलफल चलिरहेका बेला रावल ओलीमाथि व्यंग्य गरेका हुन् ।

एमालेमा रहँदा पनि डा. रावल ओलीका कडा आलोचक थिए । उनले लगातार नेतृत्वमा व्यक्तिकेन्द्रित प्रवृत्ति र विधि पद्धति बिर्सिएको बताउँदै आएका थिए । त्यहीकारण उनी २०८१ पुस १० देखि एमालेबाट निकालिएका छन् ।

पार्टीको ११ औँ महाधिवेशनमा पनि उठ्ने गरी ओलीले ७० वर्षे र २ कार्यकालको व्यवस्था हटाउने निर्णय अघि बढाएका छन् । त्यसप्रति बढ्दो असन्तोषले एमालेभित्र बहस र विवाद बढेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ११ : ५६ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर