काँकरभिट्टाबाट २२ अर्ब १६ करोडको कृषिजन्य वस्तु निर्यात « Khabarhub

काँकरभिट्टाबाट २२ अर्ब १६ करोडको कृषिजन्य वस्तु निर्यात


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट गत आर्थिक वर्ष २०८१/८२ मा २२ अर्ब १६ करोड ११ लाख ७२ हजार रुपैयाँ बराबरको कृषिजन्यवस्तु निर्यात भएको छ ।  

कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुहरूमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत छन् ।

गत आवमा सबैभन्दा धेरै चिया नौ अर्ब ५५ करोड ८५ लाख, अलैँची छ अर्ब ५९ करोड २० लाख रुपैयाँ, प्लाइ तथा भेनियर तीन अर्ब ८५ करोड ७१ लाख रुपैयाँ, अम्लिसो एक अर्ब नौ करोड रुपैयाँ मूल्य बराबरको निर्यात भएको छ । 

साथै अदुवा २७ करोड २६ लाख, बन्दा आठ करोड ६० लाख, जडीबुटी नौ करोड १३ लाख, मसुरो दाल नौ करोड सात लाख रुपैयाँ बराबरको निर्यात भएको छ । सूचना अधिकारी ठाकुरका अनुसार सोही अवधिमा पूर्वी नाकाबाट तीन अर्ब ४६ करोड एक लाख ६६ हजार रुपैयाँ मूल्य बराबरको कृषिजन्य वस्तु आयात भएको छ । 

आयत हुने मुख्य कृषिजन्य वस्तुमा कोदो, गेडागुडी दलहन, चामल, ताजा तरकारी, ताजा फलफूल, लसुन, आलु, मकै पशु दानालगायत छन् । क्वारेन्टिन कार्यालयको तथ्याङ्कअनुसार कोदो १७ करोड ७० लाख ७२ हजार, चामल नौ करोड २७ लाख, ताजा तरकारी ३८ करोड ३२ लाख रुपैयाँ मूल्य बराबरको आयात भएको छ । 

यसैगरी ताजा फलफूल ३८ करोड ११ लाख, लसुन ६४ करोड १५ लाख, आलु ७३ करोड ८६ लाख रुपैयाँ मूल्य बराबरको आयात भएको क्वारेन्टिन कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  १२ : ०८ बजे

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख