काँकरभिट्टाबाट २२ अर्ब १६ करोडको कृषिजन्य वस्तु निर्यात « Khabarhub

काँकरभिट्टाबाट २२ अर्ब १६ करोडको कृषिजन्य वस्तु निर्यात


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट गत आर्थिक वर्ष २०८१/८२ मा २२ अर्ब १६ करोड ११ लाख ७२ हजार रुपैयाँ बराबरको कृषिजन्यवस्तु निर्यात भएको छ ।  

कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुहरूमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत छन् ।

गत आवमा सबैभन्दा धेरै चिया नौ अर्ब ५५ करोड ८५ लाख, अलैँची छ अर्ब ५९ करोड २० लाख रुपैयाँ, प्लाइ तथा भेनियर तीन अर्ब ८५ करोड ७१ लाख रुपैयाँ, अम्लिसो एक अर्ब नौ करोड रुपैयाँ मूल्य बराबरको निर्यात भएको छ । 

साथै अदुवा २७ करोड २६ लाख, बन्दा आठ करोड ६० लाख, जडीबुटी नौ करोड १३ लाख, मसुरो दाल नौ करोड सात लाख रुपैयाँ बराबरको निर्यात भएको छ । सूचना अधिकारी ठाकुरका अनुसार सोही अवधिमा पूर्वी नाकाबाट तीन अर्ब ४६ करोड एक लाख ६६ हजार रुपैयाँ मूल्य बराबरको कृषिजन्य वस्तु आयात भएको छ । 

आयत हुने मुख्य कृषिजन्य वस्तुमा कोदो, गेडागुडी दलहन, चामल, ताजा तरकारी, ताजा फलफूल, लसुन, आलु, मकै पशु दानालगायत छन् । क्वारेन्टिन कार्यालयको तथ्याङ्कअनुसार कोदो १७ करोड ७० लाख ७२ हजार, चामल नौ करोड २७ लाख, ताजा तरकारी ३८ करोड ३२ लाख रुपैयाँ मूल्य बराबरको आयात भएको छ । 

यसैगरी ताजा फलफूल ३८ करोड ११ लाख, लसुन ६४ करोड १५ लाख, आलु ७३ करोड ८६ लाख रुपैयाँ मूल्य बराबरको आयात भएको क्वारेन्टिन कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  १२ : ०८ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित, भोलि बिहान ८ बजे बस्ने

काठमाडौं– सानेपामा सुरु भएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केही

यो विद्रोह हो : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन नियमित कार्यक्रम

काठमाडौं महानगरमा लक्षित वर्ग कार्यक्रमका लागि ३३ सङ्घसंस्थाबाट प्रस्ताव

काठमाडौं– काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागले लक्षित वर्गको कार्यक्रम सहयोग

जर्मनीका सवारीसाधन चीनमा लोकप्रिय बन्दै

एजेन्सी– जर्मन कम्पनी ‘भोल्सवागन’ ले सन् २०२५ मा चीनमा दुई

गगन-विश्वको प्रतिवेदन पारित

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश