अम्रिसो खेतीबाट आम्दानी गर्दै कञ्चनपुरको चुरेफेदको सामुदायिक वन « Khabarhub

अम्रिसो खेतीबाट आम्दानी गर्दै कञ्चनपुरको चुरेफेदको सामुदायिक वन


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कृष्णपुर नगरपालिका–१ दोमिल्लास्थित ऐश्वर्या सामुदायिक वन उपभोक्ता समूहले अम्रिसोखेतीलाई आयआर्जनको दिगो माध्यम बनाउँदै आएको छ । 

वनको झण्डै ३५ हेक्टर क्षेत्रफलमा व्यावसायिक रूपमा अम्रिसोखेती गर्दै समूहले वन संरक्षणसँगै आर्थिक समृद्धि हासिल गरिरहेको छ । वन कार्यालयका सचिव दामोदर जोशीका अनुसार सामुदायिक वनमा करिब डेढ दशकअघि सुरू गरिएको अम्रिसोखेतीलाई पछिल्लो छ वर्षदेखि व्यवस्थित र व्यावसायिक बनाइएको हो । 

‘गएको असारसम्म सात हजार कुचो बिक्री गरेर रु तीन लाखभन्दा बढी आम्दानी ग¥यौँ’, जोशीले भने, ‘अघिल्लो वर्ष कुचो बिक्रीबाट रु दुई लाख मात्र आम्दानी भएको थियो ।’

वनबाट सङ्कलन गरिएको अम्रिसोबाट स्थानीय उपभोक्तालाई रोजगारी दिइएको छ । ‘अम्रिसो सङ्कलनदेखि उपभोक्तालाई नै झाडु (कुचो) बनाउन लगाइन्छ’, जोशीले भने, ‘प्रत्येक झाडु बनाउँदा उनीहरूले १५  पारिश्रमिक पाउँछन् भने बजारमा रु ५० देखि ७० सम्ममा बिक्री हुन्छ ।’

समूहका अध्यक्ष ईश्वर बुढाका अनुसार बजारमा अम्रिसोको झाडुको माग उच्च छ । स्थानीय बजारमै सहज बिक्री हुन्छ । यद्यपि वन क्षेत्रमा अम्रिसोखेतीको क्षेत्र विस्तारका साथसाथै जङ्गली हात्तीको समस्या पनि बढ्दै गएको छ । 

‘हात्तीले नोक्सानी गर्दा यस वर्ष केवल रु तीन लाख बराबरको झाडु मात्र बिक्री हुन सक्यो’, अध्यक्ष बुढाले भने, ‘अम्रिसोको आकर्षणले गर्दा हात्तीको बथान बस्ती छिर्न थालेको छ, त्यसैले अम्रिसोखेतीलाई चुरे क्षेत्रतर्फ सार्ने योजना बनाएका छौँ ।’

हात्तीले नोक्सान नगर्ने हो भने १५ देखि २० लाखसम्मको झाडु उत्पादन गर्न सकिने अध्यक्ष बुढाले बताए।

समूहको दीर्घकालीन योजनामा चुरे क्षेत्रका खोल्सा तथा समथर भूभागलाई अम्रिसोखेतीयोग्य बनाउने लक्ष्य रहेको छ । कुचो बिक्रीबाट आएको रकम वन संरक्षणका विविध कार्यमा लगानी गरिएको छ । मेसवायर जडान, फलफूल र बाँसका नमूना प्लट विकास, उपभोक्ताका लागि आयआर्जनमूलक तालिम तथा कार्यक्रम सञ्चालन गर्दै वन संरक्षणलाई संस्थागत बनाइँदै आएको छ ।

विसं २०५८ मा स्थापना भएको सो सामुदायिक वन हाल तीन सय ९७ हेक्टर क्षेत्रफलमा फैलिएको छ । वनसँग ८१६ उपभोक्ता आबद्ध छन् । 

आम्दानी, रोजगारी, संरक्षण र समुदायबीचको सहकार्यको सफल नमूना बनेको यो वन अन्य सामुदायिक वनका लागि पनि प्रेरणाको स्रोत बन्दै गएको सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेशदत्त जोशीले बताए। 

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  १२ : ५० बजे

होर्मुज जलडमरूमध्यमा अवरोधबीच ‘ओपेक प्लस’ देशले तेल उत्पादन बढाउने

भियना- तेल उत्पादन गर्ने प्रमुख देशहरूको समूह ‘ओपेक प्लस’ मा

सुहाङको प्रस्ताव : सुकुम्वासीलाई राखिएको होल्डिङ सेन्टर अनुगमनमा तत्कालै जाऊँ

काठमाडौं- संघीय संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिमा सांसद

संसदीय समितिमा विपक्षीले घेरे सरकारलाई, संसद् छलेर अध्यादेशको बाटोमा गएको आरोप

काठमाडौं- प्रतिपक्षी दलका सांसदहरुले संसद्लाई छलेर अध्यादेश ल्याइएको भन्दै आपत्ति

आशा जगाउने बजेट ल्याउछौँ : अर्थमन्त्री वाग्ले

काठमाडौं- अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आशा जगाउने किसिमको बजेट ल्याउने बताएका

बागमतीका मुख्यमन्त्रीको घरमा पस्यो सम्पत्ति शुद्धीकरण विभाग

काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घरमा सम्पत्ति शुद्धीकरण विभागले