टाढिन लागेको भन्दै काभ्रेमा प्रेमिकाको हत्या ! | Khabarhub Khabarhub

टाढिन लागेको भन्दै काभ्रेमा प्रेमिकाको हत्या !


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

काभ्रे– काभ्रेमा अर्कै युवकसँग लागेर टाढिएको भन्दै एक युवकले प्रेमिकाको हत्या गरेका छन् । रामेछापको मन्थली–१३ का ३७ वर्षका सन्तोष सुनारले ३३ वर्षकी प्रेमिका शर्मिला उप्रेतीको हत्या गरेका हुन् । 

काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–१ डाँडाखर्क घर भइ बनेपा बस्दै आएकी शर्मिलाको हत्या गरेको अभियोगमा सुनारलाई आइतबार मध्यरातमा एक ईटाभट्टाबाट पक्राउ गरिएको काभ्रे प्रहरीले जनाएको छ ।

प्रहरीले हत्या अभियोग लागेका सुनार सार्वजनिक गर्न सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा घटनाबारे विस्तृत जानकारी दिइएको छ । प्रहरीका अनुसार सुनारले शर्मिलाको हत्या गर्नुको कारण प्रारम्भिक बयानका क्रममा खुलाएका हुन् । 

जिल्ला अदालतबाट चार दिनको म्याद लिएर सुनारमाथि अनुसन्धान अघि बढाइएको भइरहेको प्रवक्ता (प्रहरी नायव उपरीक्षक) मिनबहादुर घलेले बताएका छन् । 

उनका अनुसार युवतीको शव आइतबार दिउँसो बनेपा नगरपालिका-१३ मा पर्ने भगवान थुम्की सामुदायिक जंगलमा फेला परेको थियो । युवती गत असार ३२ गतेदेखि नै हराएकी थिइन् ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  १ : ५८ बजे

निजी क्षेत्रलाई विद्युत् व्यापारको अवसर दिनुपर्छ : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् व्यापारमा अब निजी

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक

काठमाडौं- मन्त्रिपरिषद्को बैठक सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको

भारतमा यूपीआईको प्रयोग बढ्दो

काठमाडौं– भारतमा युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) मार्फत हुने कारोबार ह्वात्तै

पूर्वाधारबिनै इम्बोस्ड नम्बर प्लेटमा सरकारको बलजफ्ती

काठमाडौँ– आगामी असोज १ गतेदेखि देशभरका सवारीसाधनहरुमा उच्च सुरक्षा प्रणालीसहितको