‘डार्क फाइल’ प्रकरण : छद्म नाममा प्रहरी कार्यालय छिरेका तिमल्सिना पक्राउ  « Khabarhub

‘डार्क फाइल’ प्रकरण : छद्म नाममा प्रहरी कार्यालय छिरेका तिमल्सिना पक्राउ 


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  ‘डार्क फाइल’ प्रकरणमा सिधाकुरा अनलाइनलाई ‘फेक अडियो’ उपलब्ध गराएको अभियोगमा ६ महिना सजाय तोकिएका राजकुमार तिमिल्सिना आइतबार पक्राउ परेका छन्।

‘सिधाकुरा अनलाइन’मार्फत् प्रसारित ‘डार्क फाइल’ रिपोर्टमा प्रयोग गरिएको फेक अडियो उपलब्ध गराएको प्रकरणमा सर्वोच्च अदालतबाट दोषी ठहर भएर ६ महिना सजाय तोकिएका तिमल्सिनालाई इलाका प्रहरी कार्यालय परिसरबाटै पक्राउ गरिएको हो । 

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार तिमिल्सिना श्रीमतीको मुद्दासम्बन्धी छलफलका गर्न भनेर कार्यालयमा छिरेका थिए। उनले प्रहरी कार्यालयमा छिर्दा अर्कै नाम र ठेगाना बताएका थिए । उनले नाम ढाँटेपछि प्रहरीले शंका गरेर सोधपुछ गरेको थियो । उनले नाम ढाँटेपछि प्रहरीले आवश्यक कागजपत्र मागेर हेरेको थियो । उनले नाम ढाँटेको कुरा उनको प्यान कार्ड हेरेपछि खुलेको थियो ।  

‘सुरूमा उनी अर्कै नाम गरेर कार्यालय छिरेका थिए। शङ्कास्पद व्यवहार गरेपछि सोधपुछ गर्दा वास्तविकता खुल्यो’, डीएसपी भण्डारीले भने, ‘उनले आफ्नो वास्तविक नाम र ठेगाना लुकाएर अर्कै परिचय दिएको पाइयो । सोधपुछका क्रममा वास्तविक नाम खुलेपछि उनी ‘डार्क फाइल’ प्रकरणका फरार प्रतिवादी रहेको पुष्टि भएकाले हिरासतमा लिएका छौँ ।’

पत्रकार, सञ्चार उद्यमी, कानुन व्यवसायी र न्यायाधीशको छवि बिगार्ने गरी बनाइएको फेक अडियो प्रकरणमा तिमिल्सिना सर्वोच्च अदालतका दोषी ठहर भएका थिए । गत असोज १३ गते ६ महिनाको कैद तोकिएयता उनी फरार थिए ।

‘सिधाकुरा डटकम’को ‘डार्क फाइल’ अडियो फेक भएको ठहरसहित सर्वोच्चको ९ सदस्यीय इजलासले त्यसमा संलग्नलाई दोषी ठहर गरेको थियो । फैसलामा सर्वोच्चले त्यसलाई अदालतको अवहेलना भएको ठहर पनि गरेको थियो । उक्त प्रकरणमा तिमल्सिनासहित पत्रकारलाई पनि कैद सजाय भएको थियो ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  २ : २० बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा

कर्णाली – सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

नेपालको कमजोर प्रदर्शन जारी, नेदरल्यान्ड्सले सजिलै हरायो

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गतको एक दिवसीय खेलमा

बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा

झापा – यहाँको अर्जुनधारा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी झापा

मध्यपूर्वको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घ – मध्यपूर्वमा जारी द्वन्द्वले क्षेत्रलाई ‘कल्पनाभन्दा बाहिर’ पु-याएको

अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी

वासिङ्गटन – यमनका हुथी विद्रोहीहरूले ढुवानी जहाजहरूमाथि गरेको आक्रमणको लागि