स्मृति उद्यानमा भूकम्पमा ज्यान गुमाएकाको नामावली | Khabarhub Khabarhub

स्मृति उद्यानमा भूकम्पमा ज्यान गुमाएकाको नामावली


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

गोरखा – गोरखा भूकम्पको केन्द्रबिन्दु बारपाक सुलिकोट गाउँपालिका–१ बारपाकस्थित भूकम्प स्मृति उद्यानमा भूकम्पमा परी ज्यान गुमाएकाहरूको नामावली राखिएको छ ।

विक्रम संवत् २०७२ वैशाख १२ गते गएको भूकम्पमा परेर ज्यान गुमाएका गोरखाका ४९० जनाको नामावली स्मृति उद्यानमा राखिएको सङ्घीय आयोजना कार्यान्वयन एकाइ पोखराका इन्जिनियर पुरुषोत्तम पँगेनीले जानकारी दिए ।

उद्यानमा भूकम्पमा परेर ज्यान गुमाएका १४ वटै जिल्लाका मृतकको नामावली छुट्टाछुट्टै स्तम्भमा राख्ने भनिए पनि गहृ मन्त्रालयबाट सबैको नामावली प्राप्त हुन नसक्दा गोरखाका मृतकहरूको मात्र नामावली राखिएको उनले बताए। 

इन्जिनियर पँगेनीले भने, ‘गृह मन्त्रालयमा धेरै पटक पत्राचार भयो, गोरखाबाहेकका अन्य १३ जिल्लाका मृतकको नाम उपलब्ध हुन नसकेपछि केन्द्रीय आयोजना कार्यान्वयन एकाइबाट नै गोरखाका मृतकको मात्र नाम राख्ने निर्णय भएर आइसकेको छ, अब अरू जिल्लाका मृतकको नामावली स्मृति उद्यानमा नराख्ने निश्चित भएको छ ।’

गोरखा भूकम्पमा परेर ज्यान गुमाएका सबैको नामावली प्राप्त नहुँदा स्मृति उद्यानको काममा ढिलाइ हुँदै आएको छ । विसं २०७४ मङ्सिर १४ गते ठेक्का सम्झौता गरी उद्यान निर्माणको काम अगाडि बढाइएको थियो । सरकारी स्वामित्वको करिब २१६ रोपनी क्षेत्रफलमा स्तम्भ, बगैँचालगायतका अन्य संरचना निर्माण गरिएको छ । 

त्यस्तै, स्मृति स्तम्भ मण्डला, मण्डलामा चिप्स राख्ने, रङरोगन, स्मृति उद्यान पुग्ने ४०० मिटर सडक कालोपत्रको काम यसअघि नै सम्पन्न भइसकेको ठेकेदार कम्पनी स्वच्छन्द-होम निर्माण जेभीका भोला मरहट्ठाले जानकारी दिए ।

स्मृति उद्यानभित्र क्यान्टिन पार्क, टिकट काउन्टरसमेत निर्माण गरिएको छ । त्यस्तै उद्यानमा दुई शौचालय, एक चमेनागृह, पार्किङस्थल पनि निर्माण भएको उनले बताए। आयोजना कार्यान्वयन एकाइले १३ करोड छ लाख ३४ हजारमा स्मृति उद्यान निर्माणका लागि ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो ।
 

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  २ : २८ बजे

बारामा शतप्रतिशत धान रोपाइँ सम्पन्न

कलैया– जिल्लामा चालु आर्थिक यस वर्षमा शतप्रतिशत वर्षे रोपाइँ भएको

शेयर बजारमा उछाल, आधा सेन्चुरीले बढ्यो नेप्से 

काठमाडौं– बुधबार शेयर बजारमा उछाल आएको छ । बुधबार नेपाल

मङ्सिरमा बाघ र गैँडा गणना गरिने 

चितवन– गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने

ट्रम्पको दाबी, ‘मोदीलाई भनेको थिएँ, यति धेरै ट्यारिफ लगाउँछु कि तिम्रो टाउको घुम्‍नेछ’

वासिङ्गटन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक ट्यारिफ लगाउने धम्की

आयल निगम महेन्द्रनगर कार्यालय : एक वर्षमा तीन कार्यालय प्रमुखको सरुवा

जनकपुरधाम– नेपाल आयल निगमको महेन्द्रनगर डिपो कार्यालय धनुषामा विगत एक