विरोधीहरूले हामीसँग प्रतिस्पर्धा गर्न सक्दैनन् : ओली | Khabarhub Khabarhub

विरोधीहरूले हामीसँग प्रतिस्पर्धा गर्न सक्दैनन् : ओली


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक एकतालाई बलियो बनाएर प्रस्तुत हुन केन्द्रीय सदस्यहरूलाई आग्रह गरेका छन्।

आजदेखि सुरू भएको एमालेको केन्द्रीय कमिटीको नवौँ बैठकमा अध्यक्षता गर्दै अध्यक्ष ओलीले पार्टीभित्र वैचारिक र नीतिगत रूपमा कुनै विवाद नभएकाले सिङ्गो पार्टी पङ्क्ति एकताबद्ध हुनुपर्नेमा जोड दिए । 

अध्यक्ष ओलीले पछिल्लो समयमा एमालेको पार्टी सदस्यता एक लाख ३९ हजार (२८ प्रतिशत) ले वृद्धि भई सङ्गठनात्मक रूपमा मजबुत भएको बताए। उनले पार्टीलाई राष्ट्रिय निर्णायक शक्तिका रूपमा रूपान्तरण गर्न आह्वान गरेको एमालेका केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

अध्यक्ष ओलीले केन्द्रीय सदस्यहरूलाई आफूलाई लागेको कुरा बैठकमा राख्न आग्रह गरेको र विरोधी तथा अनेक तत्वहरूले एमालेमाथि झुट र अफवाहको शैलीमा आक्रमणको निसाना बनाएकाले एकताबद्ध भएर सामना गर्न आग्रह गरेको उनले जानकारी दिए ।

‘वैचारिक र नीतिगत रूपमा अहिले हाम्रो पार्टी एकढिक्का छ । यहाँ कुनै मतभेद छैन तर हामीलाई विवाद र विभाजन गराउने तत्वका अनेक प्रयास हुन सक्नेतर्फ सचेत भएर लाग्नुपर्छ’, अध्यक्ष ओलीले भने, ‘विरोधीहरूले हामीसँग विचार र काममा प्रतिस्पर्धा गर्न सक्दैनन् । झुटको सहारा लिएर गोयबल्स शैलीमा आरोप लगाउँछन् । एमालेलाई कमजोर देखाउने प्रयास गर्छन् । यस्ता आरोप र चुनौतीको सामना हामीले पहिल्यैदेखि गर्दै आएका छौँ । फेरि पनि गर्छौँ ।’

नेता गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको सक्रिय राजनीतिमा आउने भन्ने सन्दर्भमा उनी र पार्टी अध्यक्ष ओलीबीच आइतबार भएको संवाद र उक्त विषयबारे निर्णयमा पुग्नुपर्ने प्रस्ताव पनि बैठकमा आउने अपेक्षा गरे।

प्रचार विभागका प्रमुख गौतमका अनुसार बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने छन भने आसन्न विधान महाधिवेशनको व्यवस्थापकीय तयारीका सम्बन्धमा पनि छलफल हुनेछ ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  २ : ३४ बजे

अफगानिस्तानमा बालबालिकालाई लक्षित गर्दै पोलियो खोप अभियान सुरु

काठमाडौं- अफगानिस्तानको अन्तरिम सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालयले देशभर पोलियो रोगको

कृषिक्षेत्र आत्मनिर्भरतातर्फ उन्मुख छ : मन्त्री अधिकारी

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा आत्मनिर्भर हुनेगरि

नेपालमा शिक्षा र स्वास्थ्यका पाँच परियोजनाका लागि भारतको ३९ करोड अनुदान

काठमाडौं- नेपालमा शिक्षा तथा स्वास्थ्य क्षेत्रका पाँचवटा उच्च प्रभाव सामुदायिक

‘माग्ने राजा’मा मिस पबी : अनुबन्ध हुँदा हाइलाइट, प्रचार सामाग्रीमा खोजी

काठमाडौं – केदार घिमिरे र वर्षा सिवाकोटी शीर्ष भूमिकामा रहेको

कांग्रेसलाई थाहै नदिई ‘कुलिङ पिरियड’ हटाउन एमालेको चलखेल

काठमाडौं– कुनै समान उद्देश्य र कारणले केही व्यक्ति वा समूह