दुधौलीमा एक युवकको शव भेटियो | Khabarhub Khabarhub

दुधौलीमा एक युवकको शव भेटियो


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– दुधौली नगरपालिका–२ लामिडाँडामा एक युवकको शव फेला परेको छ । उनको नामथर र ठेगाना खुल्न सकेको छैन । 

दुधौली–२ स्थित मधुगङ्गा महादेवको दर्शन गर्न आएका युवकको शव फेला परेको जानकारीमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए ।

 शव फेला परेको स्थानीयवासीले जानकारी दिएपछि प्रहरीले यसबारे अनुसन्धान गरिरहेको उनले बताए। दुधौली–२ का वडाअध्यक्ष रितेश राउतका अनुसार ति युवक मधुगङ्गा महादेवको दर्शन गर्न आएका थिए ।

स्थानीयवासीले घटनाबारे जानकारी दिएपछि प्रहरी उपरीक्षक लालध्वज सुवेदी नेतृत्वको टोली तथा इलाका प्रहरी कार्यालय डकाहाको टोली घटनास्थलमा गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ३ : १८ बजे

बारामा शतप्रतिशत धान रोपाइँ सम्पन्न

कलैया– जिल्लामा चालु आर्थिक यस वर्षमा शतप्रतिशत वर्षे रोपाइँ भएको

शेयर बजारमा उछाल, आधा सेन्चुरीले बढ्यो नेप्से 

काठमाडौं– बुधबार शेयर बजारमा उछाल आएको छ । बुधबार नेपाल

मङ्सिरमा बाघ र गैँडा गणना गरिने 

चितवन– गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने

ट्रम्पको दाबी, ‘मोदीलाई भनेको थिएँ, यति धेरै ट्यारिफ लगाउँछु कि तिम्रो टाउको घुम्‍नेछ’

वासिङ्गटन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक ट्यारिफ लगाउने धम्की

आयल निगम महेन्द्रनगर कार्यालय : एक वर्षमा तीन कार्यालय प्रमुखको सरुवा

जनकपुरधाम– नेपाल आयल निगमको महेन्द्रनगर डिपो कार्यालय धनुषामा विगत एक