पर्यटन नीति, २०८२ जारी : पर्यटनको विकासदेखि स्वरोजगार पैदा गर्नेसम्मको उद्देश्य  | Khabarhub Khabarhub

पर्यटन नीति, २०८२ जारी : पर्यटनको विकासदेखि स्वरोजगार पैदा गर्नेसम्मको उद्देश्य 


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले पर्यटन नीति, २०८२ जारी गरेको छ । पर्यटन नीति, २०६५ लाई विस्थापित गर्दै सरकारले सो नीति ल्याएको हो ।

राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान अभिवृद्धि गर्ने लक्ष्यका साथ सो नीति ल्याइएको उल्लेख छ । पर्यटकीय वस्तुको पहिचान, विकास, प्रवद्र्धन र विविधिकरण, गुणस्तरीय र सुरक्षित पर्यटन पूर्वाधार तथा सेवाको विकास, दिगो र उत्थानशील पर्यटन विकास, पर्यटन क्षेत्रमा शासकीय दक्षता सुधार र पर्यटन प्रवद्र्धनमार्फत् स्वरोजगारको अवसर सिर्जना गर्नु पर्यटन नीतिको उद्देश्य रहेको नीतिमा उल्लेख छ ।

साथै, सरकारले नयाँ पर्यटन नीतिमार्फत् नेपालको भौगोलिक, प्राकृतिक, सामाजिक तथा सांस्कृतिक विविधतालाई उपयोग गर्दै उदीयमान एवं विद्यमान पर्यटकीय वस्तु तथा गन्तव्यको पहिचान, विकास, विस्तार र विविधीकर गरिने नीति लिएको छ ।

उपयुक्त प्रविधि र माध्यमको उपयोग गरी पर्यटकीय वस्तुहरूको प्रवद्र्धनात्मक गतिविधि सञ्चालन गरिने, गुणस्तरीय एवं बहुपक्षीय पूर्वाधार विकासका लागि सार्वजनिक, निजी तथा वैदेशिक लगानी प्रवद्र्धन गरिने र पर्यटन सेवा पहुँच वृद्धि गर्न हवाई सेवालाई थप सुरक्षित, व्यवस्थित र नियमित बनाइ पर्यटन स्रोत बजारमा सेवा विस्तार गरिने विषय नीतिमा उल्लेख छ ।

त्यस्तै, पर्यटकीय गतिविधिलाई वातारणमैत्री, समतामूलक र जिम्मेवार पर्यटनको विकास तथा पवद्र्धन गरिने, पर्यटन सम्बद्ध कानुन र नीतिलाई समयानुकुल बनाउँदै समन्वय र क्षमता विकासमा जोड दिइने र पर्यटन व्यवसायबाट रोजगारी र स्वरोजगारीका अवसर सिर्जना गर्ने विषय नीतिमा उल्लेख छ ।

सरकारले पर्यटन नीति, २०६३ ले निर्धारण गरेका १६ वटा नीतिमध्ये २ वटा नीतिको मात्रै पूरा कार्यान्वयन गरेको थियो । त्यस्तै, ३ वटा नीति ६० देखि ६५ प्रतिशत, ६ वटा नीति ३० देखि ४५ प्रतिशत, ४ वटा नीति २७ प्रतिशत भन्दा कम र एउटा नीतिको कार्यान्वयन नभएको अवस्था छ ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ३ : ३६ बजे

प्रधानमन्त्री कार्की र पूर्व राष्ट्रपति यादवबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा रामवरण यादवबीच

भदौ अन्तिम साताको हिंसा र देश दोहनलाई परिवर्तन ठान्नु गलत : ज्ञवाली

काठमाडौं- नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले गत भदौ अन्तिम साता

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुग्यो

सेबु, फिलिपिन्स – मध्य फिलिपिन्समा आएको काल्मेगी आँधीका कारण देशभर

आम निर्वाचनपछि ब्यारेकमा फर्किने बङ्गलादेशको सेनाद्वारा घोषणा

बङ्गलादेश – बङ्गलादेशको सेनाले आगामी वर्षको शुरुमा हुने देशको १३औँ

सात दिनभित्र लिखित जवाफ पेस गर्न दलबाहेकलाई सर्वाेच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले जेनजी आन्दोलन सुरु भएको विषयमा राजनीतिक दलहरूलाई