एमालेमा थपिए एक लाख ३९ हजार नयाँ सदस्य, कूल संख्यामा २८ प्रतिशतले वृद्धि « Khabarhub

एमालेमा थपिए एक लाख ३९ हजार नयाँ सदस्य, कूल संख्यामा २८ प्रतिशतले वृद्धि


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको सोमबारदेखि सुरू केन्द्रीय कमिटी बैठक एक लाख ३९ हजार नयाँ सदस्य थपिएको विवरण प्रस्तुत गरिएको छ ।

सोमबार भएको छलफलमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई ‘निर्णायक राष्ट्रिय शक्ति’का रूपमा स्थापित गर्ने लक्ष्यसहित अघि बढ्न पनि नेतृत्वलाई निर्देशन दिएका छन् ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीले थालेको सदस्यता अभियानका क्रममा हालसम्म देशभर १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन् । उनका अनुसार ती कूल सदस्यताको २८ प्रतिशत वृद्धि हो। ‘पार्टी थप मजबुत र क्रियाशील भएर अघि बढेको देखिएको छ,’ उनले भने ।

महासचिव शंकर पोखरेलले सदस्य संख्या साढे ६ लाख कटेको विवरण केन्द्रीय कमिटी बैठकमा पेश गरेको जानकारी संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले बताएका छन् ।

बैठकमा अध्यक्ष ओलीले ७० वर्षे उमेर हद र कार्यकारी पदमा दुई कार्यकाल सीमाको विषयमा पनि विचार राखेको उनले बताए । ‘जसले जे धारणा राखे पनि निर्णय प्रक्रियामा एकमत देखियो,’ उनदले भने ।

अध्यक्ष ओलीले नेताहरूलाई अफवाह फैलाउने कार्य नगर्न र पार्टी सुदृढ बनाउन सबै लाग्नुपर्ने धारणा राखेको गौतमले बताए ।

बैठकमा पार्टी महासचिव शंकर पोखरेलले देशभरको सांगठनिक अवस्था र अभियानको प्रगति विवरण प्रस्तुत  गर्दैछन् ।

एमालेले आगामी भदौ २०–२२ गते काठमाडौंको गोदावरीमा विधान महाधिवेशन गर्ने तयारी गरिरहेको छ। यस बैठकलाई विधान संशोधन, सांगठनिक स्पष्टता, सदस्यता अभिवृद्धि र राजनीतिक रणनीति निर्माणको दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिएको छ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ३ : ४२ बजे

रविको ड्राइभर सिटमा बालेन : कसरी हुँदैछ सहकार्य ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

तनहुँ जिल्ला प्रशासनबाट तीन महिनामा ४३४ गुनासा फर्स्योट

तनहुँ– जिल्ला प्रशासन कार्यालयले तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा

पोखरा महानगरले मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै

कास्की– पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना

बाढीले क्षति पुर्‍याएकाे तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

काभ्रे– जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीमा रहेको तीनतले

एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै 

काठमाडौं– नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश देशैभर प्रवाह