१० लाखभन्दा बढीको क्यासिनो खोल्नेको विवरण वित्तीय जानकारी इकाइमा दिनुपर्ने « Khabarhub

१० लाखभन्दा बढीको क्यासिनो खोल्नेको विवरण वित्तीय जानकारी इकाइमा दिनुपर्ने


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १० लाख रुपैयाँ भन्दा बढीको क्यासिनो खेल्ने व्यक्तिको विवरण वित्तीय जानकारी इकाईमा उपलब्ध गराउनुपर्ने भएको छ । पर्यटन विभागले ‘सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धमा पर्यटन विभागबाट क्यासिनो व्यवसायी (सूचक संस्था) लाई जारी गरेको निर्देशन, २०८२’ मार्फत  सो व्यवस्था गरेको हो ।

‘कुनै ग्राहकले एकै पटक वा पटक–पटक गरी एक दिनमा दश लाख रुपैयाँ वा सो भन्दा बढी रकमको  कारोबार गरेमा त्यस्तो कारोबारको विवरण कारोबार भएको मितिले पन्ध्र दिन भित्र वित्तीय जानकारी इकाइको गोएमएल प्रणालीमार्फत् वा इकाइले तोके बमोजिमको ढाँचामा वित्तीय जानकारी इकाइमा उपलब्ध गराउनुपर्नेछ’, विभागको निर्देशनमा उल्लेख छ ।

विभागले निर्देशनमार्फत् क्यासिनोहरूले नीति तथा कार्यविधि बनाएर लागू गर्नुपर्ने, ग्राहकको पहिचान गर्नुपर्ने, जोखिममा आधारित उच्च पदस्थ व्यक्तिहरूको पहिचान गर्नुपर्ने, वास्तविक धनीको पहिचान गर्नुपर्ने लगायतका व्यवस्था गरेको छ । 

साथै, क्यासिनोहरूले वित्तीय जानकारी इकाइले जारी गरेको सीमा सम्बन्धी निर्देशन, आदेश, शर्त, मार्गदर्शन पालना गर्नुपर्ने विभागले निर्देशनमा उल्लेख गरेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ४ : २६ बजे

एसिया कप फाइनलमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – दुवईमा जारी यू-१९ एसिया कपको फाइनलमा आज भारत

प्रिमियर लिग : एभर्टनलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

काठमाडौं – इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनल

१० खेलाडीमा सीमित सेभिल्लामाथि रियलको जित : एम्बाप्पे र बेलिङ्घमले गरे गोल

काठमाडौं – ला लिगा अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा सेभिल्लामाथि

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै