१० लाखभन्दा बढीको क्यासिनो खोल्नेको विवरण वित्तीय जानकारी इकाइमा दिनुपर्ने « Khabarhub

१० लाखभन्दा बढीको क्यासिनो खोल्नेको विवरण वित्तीय जानकारी इकाइमा दिनुपर्ने


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १० लाख रुपैयाँ भन्दा बढीको क्यासिनो खेल्ने व्यक्तिको विवरण वित्तीय जानकारी इकाईमा उपलब्ध गराउनुपर्ने भएको छ । पर्यटन विभागले ‘सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धमा पर्यटन विभागबाट क्यासिनो व्यवसायी (सूचक संस्था) लाई जारी गरेको निर्देशन, २०८२’ मार्फत  सो व्यवस्था गरेको हो ।

‘कुनै ग्राहकले एकै पटक वा पटक–पटक गरी एक दिनमा दश लाख रुपैयाँ वा सो भन्दा बढी रकमको  कारोबार गरेमा त्यस्तो कारोबारको विवरण कारोबार भएको मितिले पन्ध्र दिन भित्र वित्तीय जानकारी इकाइको गोएमएल प्रणालीमार्फत् वा इकाइले तोके बमोजिमको ढाँचामा वित्तीय जानकारी इकाइमा उपलब्ध गराउनुपर्नेछ’, विभागको निर्देशनमा उल्लेख छ ।

विभागले निर्देशनमार्फत् क्यासिनोहरूले नीति तथा कार्यविधि बनाएर लागू गर्नुपर्ने, ग्राहकको पहिचान गर्नुपर्ने, जोखिममा आधारित उच्च पदस्थ व्यक्तिहरूको पहिचान गर्नुपर्ने, वास्तविक धनीको पहिचान गर्नुपर्ने लगायतका व्यवस्था गरेको छ । 

साथै, क्यासिनोहरूले वित्तीय जानकारी इकाइले जारी गरेको सीमा सम्बन्धी निर्देशन, आदेश, शर्त, मार्गदर्शन पालना गर्नुपर्ने विभागले निर्देशनमा उल्लेख गरेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ४ : २६ बजे

वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन

चितवन– डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा सुरक्षा तथा

१२ किलो तौल घटेपछि चिन्नै गाह्रो, सोहेल खानलाई आखिर के भयो ?

बलिउडमा खान परिवारको नाम आउँदा सलमान खान र अरबाज खानको

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी– विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या समाधानका

फेरि छोरीसहित अमेरिका उडे ‘धुर्मुस’

काठमाडौँ – हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ दुई महिनाको

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार