फिल्म ‘बाजीगर’ मा नायक होइन, खलनायक थिए शाहरुख : निर्देशकद्वय अब्बास–मस्तान « Khabarhub

फिल्म ‘बाजीगर’ मा नायक होइन, खलनायक थिए शाहरुख : निर्देशकद्वय अब्बास–मस्तान


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन् १९९३ मा रिलिज भएको बलिउड अभिनेता शाहरुख खानको सुपरहिट फिल्म ‘बाजीगर’ न केवल व्यावसायिक रूपमा सफल भयो, यसले हिन्दी सिनेमामा नायकको परम्परागत छवि नै बदलिदियो । 

त्यो समय अधिकांश बलिउड फिल्महरूमा नायकहरूलाई सत्य, साहसी र निर्दोष पात्रको रूपमा प्रस्तुत गरिन्थ्यो। तर ‘बाजीगर’ मा शाहरुख खानले निभाएको ‘अजय शर्मा’ को भूमिका एक साहसी निर्णय थियो । जसले नायक हुँदाहुँदै पनि हत्या गर्छ, झुट बोल्छ, र बदला लिन्छ।

भारतीय मिडिया अनुसार हालै फिल्मका निर्देशकद्वय अब्बास–मस्तानले एउटा अन्तर्वार्तामा ‘बाजीगर’ को  मूल अवधारणाबारे रोचक खुलासा गरेका छन् । 

निर्देशक मस्तान बर्मावालाले भने, ‘हामीले शाहरुखको पात्रलाई नकारात्मक होइन, नायककै रूपमा हेरेका थियौँ । ऊ गलत काम गर्छ तर त्यसको पछाडि एउटा पीडादायक कथा हुन्छ । जब कुनै पात्रको नकारात्मक व्यवहारको पछाडि गहिरो कारण हुन्छ भने दर्शकले त्यसलाई पनि नायकको रूपमा स्वीकार गर्न सक्छन् ।’

निर्देशकद्वयले फिल्मको पहिलो ड्राफ्ट एकदम फरक रहेको जानकारी दिए । सुरुमा कथाअनुसार शाहरुखको पात्रले दुई धनी छोरीहरू (शिल्पा शेत्ति र काजोल) सँग सम्बन्ध राख्छ, शिल्पालाई मारी सम्पत्ति कब्जा गर्न खोज्छ, र अन्ततः दोस्रो छोरी (काजोलको पात्र) बाट शाहरुख मारिन्छ । 

‘तर हामीले महसुस गर्‍यौँ कि केवल बदला र हत्या भन्दा पनि आमाबाबु र परिवारप्रतिको भावना फिल्मलाई बलियो बनाउँछ,’ मस्तानले भने ।

त्यसपछि कथामा परिवर्तन गरियो । अजय शर्माको पात्रलाई आमासँगको आत्मीय सम्बन्ध, बुबाको मृत्युसँग जोडिएको पीडा, र सानी बहिनीको सम्झनाले निर्देशित गरिएको गहिरो चरित्र बनाइयो । यसले दर्शकलाई नकारात्मक पात्रप्रति पनि सहानुभूति जगाउन सक्ने बनायो ।

‘बाजीगर’ को कथा व्यापारी मदन चोपडासँग बदला लिने योजनामा शाहरुख (अजय शर्मा) को वरिपरि घुम्छ। उसले चोपडाका छोरीहरूलाई लक्ष्य बनाउँछ- एउटीलाई हत्या गर्छ, अर्कीसँग प्रेम गर्छ, र अन्त्यमा व्यापारी र शाहरुख (अजय शर्मा) टकराबको क्रममा दुवैको मृत्यु हुन्छ ।

फिल्मले दर्शक र समीक्षक दुवैको प्रशंसा बटुल्यो । यसले शाहरुख खानलाई पहिलो पटक १९९३ मा ‘फिल्मफेयर उत्कृष्ट अभिनेता’ पुरस्कार दिलायो र यो फिल्म शाहरुखको करिअरको निर्णायक मोड बन्यो । ‘बाजीगर’ले हिन्दी सिनेमा उद्योगमा ‘एण्टी–हिरो’ पात्रलाई स्थापित गराएको मानिन्छ ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ४ : २३ बजे

प्रतिनिधिसभा निर्वाचन : कैलालीमा १२ मतदान केन्द्र थप

अत्तरिया– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि कैलालीमा

भदौ २३ मा जेन-जीको प्रदर्शनअघि प्रधानमन्त्री र गृहमन्त्री लेखकबीच के कुरा भएको थियो ?

काठमाडौं- पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ गतेको जेन-जी प्रदर्शनअघि प्रधानमन्त्री

अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

धादिङ– धुनीवेशी नगरपालिका-८ खानीखोलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २

सरकार र जेन-जीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’

काठमाडौं– सर्वोच्च अदालतमा सरकार र जेन-जी पुस्ताबीच भएको १० बुँदे

समानुपातिक सूचीलाई अन्तिम रूप दिन रास्वपा बैठक, बालेन गएनन्

काठमाडौं- समानुपातिक सूचीका उम्मेदवार तय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक