फिल्म ‘बाजीगर’ मा नायक होइन, खलनायक थिए शाहरुख : निर्देशकद्वय अब्बास–मस्तान « Khabarhub

फिल्म ‘बाजीगर’ मा नायक होइन, खलनायक थिए शाहरुख : निर्देशकद्वय अब्बास–मस्तान


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन् १९९३ मा रिलिज भएको बलिउड अभिनेता शाहरुख खानको सुपरहिट फिल्म ‘बाजीगर’ न केवल व्यावसायिक रूपमा सफल भयो, यसले हिन्दी सिनेमामा नायकको परम्परागत छवि नै बदलिदियो । 

त्यो समय अधिकांश बलिउड फिल्महरूमा नायकहरूलाई सत्य, साहसी र निर्दोष पात्रको रूपमा प्रस्तुत गरिन्थ्यो। तर ‘बाजीगर’ मा शाहरुख खानले निभाएको ‘अजय शर्मा’ को भूमिका एक साहसी निर्णय थियो । जसले नायक हुँदाहुँदै पनि हत्या गर्छ, झुट बोल्छ, र बदला लिन्छ।

भारतीय मिडिया अनुसार हालै फिल्मका निर्देशकद्वय अब्बास–मस्तानले एउटा अन्तर्वार्तामा ‘बाजीगर’ को  मूल अवधारणाबारे रोचक खुलासा गरेका छन् । 

निर्देशक मस्तान बर्मावालाले भने, ‘हामीले शाहरुखको पात्रलाई नकारात्मक होइन, नायककै रूपमा हेरेका थियौँ । ऊ गलत काम गर्छ तर त्यसको पछाडि एउटा पीडादायक कथा हुन्छ । जब कुनै पात्रको नकारात्मक व्यवहारको पछाडि गहिरो कारण हुन्छ भने दर्शकले त्यसलाई पनि नायकको रूपमा स्वीकार गर्न सक्छन् ।’

निर्देशकद्वयले फिल्मको पहिलो ड्राफ्ट एकदम फरक रहेको जानकारी दिए । सुरुमा कथाअनुसार शाहरुखको पात्रले दुई धनी छोरीहरू (शिल्पा शेत्ति र काजोल) सँग सम्बन्ध राख्छ, शिल्पालाई मारी सम्पत्ति कब्जा गर्न खोज्छ, र अन्ततः दोस्रो छोरी (काजोलको पात्र) बाट शाहरुख मारिन्छ । 

‘तर हामीले महसुस गर्‍यौँ कि केवल बदला र हत्या भन्दा पनि आमाबाबु र परिवारप्रतिको भावना फिल्मलाई बलियो बनाउँछ,’ मस्तानले भने ।

त्यसपछि कथामा परिवर्तन गरियो । अजय शर्माको पात्रलाई आमासँगको आत्मीय सम्बन्ध, बुबाको मृत्युसँग जोडिएको पीडा, र सानी बहिनीको सम्झनाले निर्देशित गरिएको गहिरो चरित्र बनाइयो । यसले दर्शकलाई नकारात्मक पात्रप्रति पनि सहानुभूति जगाउन सक्ने बनायो ।

‘बाजीगर’ को कथा व्यापारी मदन चोपडासँग बदला लिने योजनामा शाहरुख (अजय शर्मा) को वरिपरि घुम्छ। उसले चोपडाका छोरीहरूलाई लक्ष्य बनाउँछ- एउटीलाई हत्या गर्छ, अर्कीसँग प्रेम गर्छ, र अन्त्यमा व्यापारी र शाहरुख (अजय शर्मा) टकराबको क्रममा दुवैको मृत्यु हुन्छ ।

फिल्मले दर्शक र समीक्षक दुवैको प्रशंसा बटुल्यो । यसले शाहरुख खानलाई पहिलो पटक १९९३ मा ‘फिल्मफेयर उत्कृष्ट अभिनेता’ पुरस्कार दिलायो र यो फिल्म शाहरुखको करिअरको निर्णायक मोड बन्यो । ‘बाजीगर’ले हिन्दी सिनेमा उद्योगमा ‘एण्टी–हिरो’ पात्रलाई स्थापित गराएको मानिन्छ ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ४ : २३ बजे

युद्धबीच यूएईमा अफवाह फैल्याएको आरोपमा एक नेपाली र १९ भारतीयसहित ३५ जना पक्राउ

दुबई- युनाइटेड अरब एमिरेट्समा सामाजिक सञ्जालमार्फत् भ्रामक तथा बनावटी सामग्री

‘पाकिस्तानी गोलाबारीका कारण चार जनाको मृत्यु’

एजेन्सी– पूर्वी अफगानिस्तानमा आइतबार – सोमबारको बीचमा भएको पाकिस्तानी गोलाबारीमा

सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल

भैरहवा– बिहानको शान्त वातावरणमा लुम्बिनी आसपासका सिमसार क्षेत्रमा कहिलेकाँही सुनिने

शिक्षामा सीप : कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

काठमाडौं– काठमाडौँ महानगरपालिका-­७ चाबहिलस्थित मित्र आधारभूत विद्यालयका ३० विद्यार्थीले भित्तामा

काठमाडौंको वायु गुणस्तरमा सुधार, हल्चोकबाट यस्तो देखियो उपत्यका (तस्बिरहरू)

काठमाडौं– उपत्यकाको वायु गुणस्तरमा सुधार भएको छ । केहीदिन अघिमात्र