केरुङमा फसेका नेपालीको उद्धार गर्न आग्रह | Khabarhub Khabarhub

केरुङमा फसेका नेपालीको उद्धार गर्न आग्रह


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्यले केरुङमा फसेका नेपालीको चाँडो उद्धार गर्न परराष्ट्रमन्त्रीलाई आग्रह गरेका छन् ।

सांसद आचार्यले आज परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई भेटेर रसुवागढीमा आएको बाढीका कारण केरुङमा फसेर बसेका नेपालीलाई चाँडो उद्धार गर्न आग्रह गरेका हुन् । 

रसुवागढी बाढीले निम्त्याएको समस्या समाधानका लागि कूटनीतिक पहल गरिदिनसमेत आफूले परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराएको उनले बताए।

नेता आचार्यले भने, ‘केरुङमा रहेका नेपालीलाई नेपाल ल्याउन भइरहेको ढिलाइ, नेपाल–चीन जोड्ने अस्थायी पुल निर्माण, दुई देश जोड्ने मितेरी पुलको पुनःनिर्माण, मौसम पूर्वानुमानसम्बन्धी सूचना आदानप्रदानलगायत विषयमा परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराएको छु ।’ 

भेटमा परराष्ट्रमन्त्री राणाले यस विषयमा चिनियाँ पक्षसँग निरन्तर संवाद भइरहेको र छिटोभन्दा छिटो समस्या समाधान हुने बताएको उनले जानकारी दिए।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ४ : ३० बजे

निजी क्षेत्रलाई विद्युत् व्यापारको अवसर दिनुपर्छ : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् व्यापारमा अब निजी

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक

काठमाडौं- मन्त्रिपरिषद्को बैठक सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको

भारतमा यूपीआईको प्रयोग बढ्दो

काठमाडौं– भारतमा युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) मार्फत हुने कारोबार ह्वात्तै

पूर्वाधारबिनै इम्बोस्ड नम्बर प्लेटमा सरकारको बलजफ्ती

काठमाडौँ– आगामी असोज १ गतेदेखि देशभरका सवारीसाधनहरुमा उच्च सुरक्षा प्रणालीसहितको