केरुङमा फसेका नेपालीको उद्धार गर्न आग्रह « Khabarhub

केरुङमा फसेका नेपालीको उद्धार गर्न आग्रह


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्यले केरुङमा फसेका नेपालीको चाँडो उद्धार गर्न परराष्ट्रमन्त्रीलाई आग्रह गरेका छन् ।

सांसद आचार्यले आज परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई भेटेर रसुवागढीमा आएको बाढीका कारण केरुङमा फसेर बसेका नेपालीलाई चाँडो उद्धार गर्न आग्रह गरेका हुन् । 

रसुवागढी बाढीले निम्त्याएको समस्या समाधानका लागि कूटनीतिक पहल गरिदिनसमेत आफूले परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराएको उनले बताए।

नेता आचार्यले भने, ‘केरुङमा रहेका नेपालीलाई नेपाल ल्याउन भइरहेको ढिलाइ, नेपाल–चीन जोड्ने अस्थायी पुल निर्माण, दुई देश जोड्ने मितेरी पुलको पुनःनिर्माण, मौसम पूर्वानुमानसम्बन्धी सूचना आदानप्रदानलगायत विषयमा परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराएको छु ।’ 

भेटमा परराष्ट्रमन्त्री राणाले यस विषयमा चिनियाँ पक्षसँग निरन्तर संवाद भइरहेको र छिटोभन्दा छिटो समस्या समाधान हुने बताएको उनले जानकारी दिए।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ४ : ३० बजे

क्षेत्रीय शान्तिका लागि इरानको प्रस्तावमा कूटनीतिक छलफल तीव्र

तेहरान– इरानले आफ्नो १४ बुँदे युद्ध अन्त्यसम्बन्धी प्रस्तावमा संयुक्त राज्य

विश्व बैंकको ५२ मिलियन ऋण र ५ मिलियन अनुदान स्वीकार, भारतबाट ६० हजार मेट्रिक टन मल किन्ने

काठमाडौं– सरकारले भारतसँग जी टु जी माध्यमबाट ६० हजार मेट्रिक

दुईदिने सार्वजनिक बिदा : पोखराको पर्यटनमा सकारात्मक प्रभाव

गण्डकी– सरकारले शनिबार र आइतबार हप्तामा दुई दिन सार्वजनिक बिदा

राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनको प्रवर्द्धन गरिँदै

काठमाडौं– बागमती प्रदेश सरकारले चार राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनको विकास गर्ने

काठमाडौंका सरकारी अस्पतालमा बिरामीको चाप (तस्बिरहरू) 

काठमाडौं– सरकारले आइतबार सरकारी अस्पतालमा बिदा दिने निर्णय गरेसँगै सोमबार