इन्डोनेसियामा पानीजहाजमा आगलागी हुँदा तीन जनाको मृत्यु, पाँच सयभन्दा बढीको उद्धार « Khabarhub

इन्डोनेसियामा पानीजहाजमा आगलागी हुँदा तीन जनाको मृत्यु, पाँच सयभन्दा बढीको उद्धार


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्डोनेसियाको सुलावेसी टापुमा एक पानीजहाजमा आगलागी हुँदा तीन जनाको मृत्यु हुनुका साथै पाँच सय भन्दा बढीको उद्धार गरिएको अधिकारीहरूले सोमबार बताएका छन् ।

इन्डोनेसियाली तट रक्षकका अनुसार केएम बार्सिलोना–५ को जहाजमा आइतबार आगलागी भएको थियो ।

कुल छ सय यात्रु बोक्ने क्षमता रहेको पानीजहाजमा टिकट लिई यात्रा गरिरहेका यात्रुको सङ्ख्या २ सय ८० रहेको थियो भने १५ जना चालक दलका सदस्य थिए ।

पानीजहाजमा भएको आगलागीपछि भएको उद्धार प्रक्रिया अझै पनि जारी रहेको छ ।

खराब मौसमका कारण बालीको लोकप्रिय रिसोर्ट टापुमा एक डुङ्गा डुबेको र १९ जनाको मृत्यु भएको केही हप्तापछि आइतबार अर्को दुर्घटना भएको हो ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ४ : ४० बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली