आन्तरिक राजस्व कार्यालय भैरहवाद्वारा १३ अर्ब राजस्व संकलन | Khabarhub Khabarhub

आन्तरिक राजस्व कार्यालय भैरहवाद्वारा १३ अर्ब राजस्व संकलन


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– आन्तरिक राजस्व कार्यालय भैरहवाले गत आर्थिक वर्ष २०८१-८२ मा १२ अर्ब ९८ करोड राजस्व संकलन गरेको छ । कार्यालयलाई आन्तरिक राजस्व विभागले गत आर्थिक वर्षमा १३ अर्ब २७ करोड राजस्व संकलनको लक्ष्य दिएको थियो । 

वार्षिक लक्ष्यको ९७ दशमलव ८ प्रतिशत राजस्व संकलन गर्न सफल भएको कार्यालय प्रमुख कर अधिकृत प्रेमराज पोखरेलले जानकारी दिए । विगतका केही वर्षमा आन्तरिक राजस्व विभागको राजस्व संकलन लक्ष्य शतप्रतिशत पूरा हुन सकेको थिएन । आर्थिक वर्ष २०८०-८१ को तुलनामा आव २०८१-८२ मा राजस्व रु दुई अर्ब ३५ करोड बढी राजस्व संकलन गरी २५ दशमलव ७ प्रतिशतले वृद्धि भएको उनले बताए। 

विगतमा मासिक राजस्व संकलनको लक्ष्यसमेत पूरा गर्न नसकेको कार्यालयले गत आवको भदौ, असोज, फागुन, वैशाख, जेठ र असार महिनामा सतप्रतिशत राजस्व संकलन गर्न सफल भएको प्रमुख कर अधिकृत पोखरेलले जानकारी दिए । कार्यालयले गत आवमा आयकरतर्फ एक अर्ब ७० करोड ११ लाख, मूल्य अभिवृद्धि करतर्फ रु दुई अर्ब ८६ करोड आठ लाख र अन्तः शुल्कबापत रु नौ अर्ब एक करोड ५६ लाख बढी राजस्व संकलन गरेको छ । 

सबैभन्दा बढी राजस्वको क्षेत्र ओगटेको अन्तःशुल्कतर्फ आव २०८०-८१ को तुलनामा आव २०८१-८२ मा एक अर्ब ९५ करोडभन्दा बढी राजस्व उठेको थियो । यस्तै आयकरतर्फ रु ३७ करोड (२८ दशमलव ३ प्रतिशत) र मूल्य अभिवृद्धि करतर्फ रु २९ करोड (१६ दशमलव ३ प्रतिशत)ले बढी राजस्व उठेको प्रमुख कर अधिकृत पोखरेलले बताए। 

देशको अर्थतन्त्रका परिसूचकमा सकारात्मक सुधार देखिनु र उद्योग करकारखानमा उत्पादन क्षमता बढ्दा करको आकार स्वभाविक रुपले बढेको उनको भनाइ छ । नियमित, प्रभावकारी र क्षेत्रगत बजार अनुगमन, करको दायरामा नआएका र छुटेकालाई दायरामा ल्याउने र बक्यौता असुलीमा तीव्रता दिएर कर बक्यौता असुलीलगायतका काममा ध्यान दिएर लाग्दा कर छल्नेलाई कारबाही गर्ने जस्ता कारणले राजस्व संकलनको लक्ष्य नजिक पुगेको प्रमुख कर अधिकृत पोखरेलले बताए।

यसका साथै सर्वसाधारणमा कर शिक्षा प्रवाह र अनुसन्धानको प्रभावकारिता, नक्कली मूल्य अभिवृद्धि कर बीजक जारी गरी कर छल्नेमाथि अनुसन्धान र कारबाहीको दायरामा ल्याउने कार्यले राजस्व संकलनको लक्ष्य नजिक पुग्न सकिएको उनले बताए ।

‘अहिले कर बुझाउनुपर्छ । करको दायरामा जानुपर्छ भन्ने भावना आमनागरिकमा देखिएको र आम करदातामा करको सचेतना बढ्दै गएकाले राजस्व संकलनमा सुधार भएको हो’, उनले भने। 

सरकारले राजस्व दाखिलालगायतका भुक्तानीका काममा डिजिटल प्रणाली लागू गरेपछि साना करदाता सेवाग्राहीलाई सहज भएको प्रमुख कर अधिकृत पोखरेल बताउँछन्। उनले डिजिटल प्रणाली लागू हुँदा करदाता सेवाग्राही कार्यालयमै धाउनुपर्ने अवस्थाको अन्त्य भएको बताए।

आन्तरिक राजस्व कार्यालय भैरहवाको कार्यक्षेत्रमा रूपन्देही जिल्लाका सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिकाको वडा नं ५ देखि १७ सम्म, देवदह नगरपालिकाको वडा नं. १ देखि ४ र वडा नं.  ११ र १२, लुम्बिनी सांस्कृतिक नगरपालिका, गैडहवा गाउँपालिका, कञ्चन गाउँपालिका वडा नं.५, कोटहीमाई गाउँपालिका, मर्चवारी गाउँपालिका, मायादेवी गाउँपालिका, ओमसतिया गाउँपालिका, रोहिणी गाउँपालिका, सम्मरीमाई गाउँपालिका र सियारी गाउँपालिका पर्छन् ।
 

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ५ : ३१ बजे

झोलुङ्गे पुल बनेपछि मोहना नदी वारपार गर्न सहज

कैलाली – यहाँको कैलारी गाउँपालिका– ४ भितरीया र वडा नं

धनगढीका सहायक वन अधिकृत यादव घुससहित रंगेहात पक्राउ

धनगढी – डिभिजन वन कार्यालय धनगढीका सहायक वन अधिकृत पूर्ण

सिरहा कारागार झडपबारे प्रतिवेदन तयार

सिरहा – जिल्ला कारागार सिरहामा आइतबार भएको कैदीबन्दीबीचको झडप सम्बन्धमा

साफ महिला यू–२० च्याम्पियनसिप: नेपाललाई हराउँदै बंगलादेशले जित्यो उपाधि

काठमाडौं – सागोरिकाको ह्याट्रिक गोलमा बंगलादेशले साफ महिला यू–२० च्याम्पियनसिपको

एमाले केन्द्रीय कमिटीको आजको बैठक सम्पन्न, भोलि पुनः बस्ने

काठमाडौं – नेकपा (एमाले)को नवौँ केन्द्रीय कमिटीको आजको बैठक सम्पन्न