सिग्देल र पहारीको तर्क- पूर्वराष्ट्रपति राजनीतिमा आउनु हुँदैन, एमालेमा ओलीको विकल्प छैन « Khabarhub

सिग्देल र पहारीको तर्क- पूर्वराष्ट्रपति राजनीतिमा आउनु हुँदैन, एमालेमा ओलीको विकल्प छैन


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको जारी नवौँ केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूले बोल्न थालेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले चेतावनीसहितको सम्बोधन गरेपपछि केन्द्रीय सदस्यहरूलाई बोल्न तीन मिनेट समय दिन थालिएको हो ।

बैठकमा सहभागी एकजना नेताका अनुसार गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यहरूले बोल्न थालेका छन् । उनीहरूले सबैभन्दा पहिले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले राखेको विधान संशोधन प्रस्तावबारे धारणा राखेका छन् ।

अहिलेसम्म धारणा राख्ने केन्द्रीय सदस्यहरूले पार्टी सचिवालय र पोलिटब्युरोबाट सर्वसम्मत निर्णय भएर आएको विधान संशोधन प्रस्तावलाई समर्थन गरेका छन् ।

बैठकमा बोल्दै गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य केदार सिग्देलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउन लागेको कुराको विरोध गरेका छन् ।

केन्द्रीय सदस्य सिग्देलले भण्डारीतिर लक्षित गर्दै राष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा फर्कनु राम्रो नभएको टिप्पणी गरेका छन् ।

उता गण्डकीकै अर्का केन्द्रीय सदस्य राजीव पहारीले ११ औँ महाधिवेशनबाट पनि अध्यक्षमा केपी शर्मा ओलीलाई नै बनाउनुपर्ने बताएका छन् ।

उनले बैठकमा सम्बोधनका क्रममा ओलीलाई नै आगामी ११ औँ महाधिवेशनमा पनि अध्यक्ष बनाउन सबै केन्द्रीय सदस्यलाई आह्वान गरेका छन् ।

पहारीले मिसन ०८४ अध्यक्ष ओलीको नेतृत्वमा गएर एमालेले बहुमत ल्याउनु पर्ने पनि जिकिर गरेका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ५ : ४३ बजे

राष्ट्रिय एकता र सद्भाव कायम गर्न प्रधानमन्त्रीले आवश्यक समन्वय गर्नुपर्छ : वर्षमान पुन

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले देशमा राष्ट्रिय एकता

कप्तानगञ्ज घटनाको विरोध चर्किएपछि सिरहाको लहानमा पनि अनिश्चितकालीन कर्फ्यु

काठमाडौं- कप्तानगञ्ज घटनालाई लिएर प्रदर्शन चर्किएपछि सुरक्षा अवस्थालाई ध्यानमा राख्दै

सुनसरी घटनाबारे पूर्वराजाले भने : सबै नेपाली मिलौँ, अहिलेको आवश्यकता यही हो

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहदेवले सुनसरीमा भएको साम्प्रदायिक तनावप्रति दुःख

सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, अन्य केही गम्भीर घाइते

काठमाडौं- कर्फ्यु आदेश जारी भएपछि पनि तनाव चुलिएका बेला सिरहाको गोलबजारमा

मनिष झाले आफ्नै सरकारको आलोचना गर्दै भने : सुरक्षा संवेदनशीलतालाई सम्बोधन गर्न सकेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद मनिष झाले सुरक्षा संवेदनशीलतालाई संघीय