स्वास्थ्यमन्त्रीको गुनासो- नेताको पावर लगाएर सरुवा रोक्ने प्रवृत्तिले उपत्यकाबाहिर चिकित्सक पठाउन गाह्रो | Khabarhub Khabarhub

स्वास्थ्यमन्त्रीको गुनासो- नेताको पावर लगाएर सरुवा रोक्ने प्रवृत्तिले उपत्यकाबाहिर चिकित्सक पठाउन गाह्रो


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रद पौडेलले नेताहरूको पावर लगाएर सरुवा रोक्ने प्रवृत्तिले उपत्यकाबाहिर चिकित्सक पठाउन नसकिएको गुनासो गरेका छन् । 

मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्ष पुगेको अवसरमा उपलब्धि सार्वजनिक कार्यक्रममा आफ्नो अनुभव सुनाउँदै उपत्यका बाहिरका अस्पतालहरूमा सरुवा रोक्न चिकित्सकहरूले उच्च तहका नेताहरूको पावर लगाउने गरेको गुनासो गरे । 

उपत्यका बाहिर विज्ञ चिकित्सकहरू किन कम पठाइन्छ भन्ने पत्रकारको जिज्ञासामा उनले भने, मैले स्वास्थ्यमन्त्री भएर केही कुरा लुकाएको छैन । गजेन्द्ररायणमा एक जना मात्रै स्थायी दरबन्दी छ तर सरुवा गर्‍यो जानुहुन्न, नेताहरूबाट पावर लगाउनुहुन्छ, अनि नेताहरूले पनि मेरो मान्छेलाई किन सरुवा गरेको रोक भन्दै फोन गर्नुहुन्छ ।’ 

मन्त्री पौडेलले थपे, ‘भाषण ठूला-ठूला गर्ने तर आफ्नो मान्छेको सरुवा गर्दा रोक्न दबाब दिनुहुन्छ । यसले गर्दा उपत्यका बाहिरका सरकारी अस्पतालमा विशेषज्ञ चिकित्सक पुर्‍याउनै समस्या छ, हामीले चिकित्सकलाई अनुनय-विनय गरेका छौँ, सरकारी जागिर खाएपछि खटाएको ठाउँमा गइदिनुस् ।’

मन्त्री पौडेलले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी समालेको एक वर्षमा आफूले स्वास्थ्य सेवामा उल्लेखनीय काम गरेको पनि बताएका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ५ : ५२ बजे

निजी क्षेत्रलाई विद्युत् व्यापारको अवसर दिनुपर्छ : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् व्यापारमा अब निजी

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक

काठमाडौं- मन्त्रिपरिषद्को बैठक सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको

भारतमा यूपीआईको प्रयोग बढ्दो

काठमाडौं– भारतमा युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) मार्फत हुने कारोबार ह्वात्तै

पूर्वाधारबिनै इम्बोस्ड नम्बर प्लेटमा सरकारको बलजफ्ती

काठमाडौँ– आगामी असोज १ गतेदेखि देशभरका सवारीसाधनहरुमा उच्च सुरक्षा प्रणालीसहितको