स्वास्थ्यमन्त्रीको गुनासो- नेताको पावर लगाएर सरुवा रोक्ने प्रवृत्तिले उपत्यकाबाहिर चिकित्सक पठाउन गाह्रो « Khabarhub

स्वास्थ्यमन्त्रीको गुनासो- नेताको पावर लगाएर सरुवा रोक्ने प्रवृत्तिले उपत्यकाबाहिर चिकित्सक पठाउन गाह्रो


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रद पौडेलले नेताहरूको पावर लगाएर सरुवा रोक्ने प्रवृत्तिले उपत्यकाबाहिर चिकित्सक पठाउन नसकिएको गुनासो गरेका छन् । 

मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्ष पुगेको अवसरमा उपलब्धि सार्वजनिक कार्यक्रममा आफ्नो अनुभव सुनाउँदै उपत्यका बाहिरका अस्पतालहरूमा सरुवा रोक्न चिकित्सकहरूले उच्च तहका नेताहरूको पावर लगाउने गरेको गुनासो गरे । 

उपत्यका बाहिर विज्ञ चिकित्सकहरू किन कम पठाइन्छ भन्ने पत्रकारको जिज्ञासामा उनले भने, मैले स्वास्थ्यमन्त्री भएर केही कुरा लुकाएको छैन । गजेन्द्ररायणमा एक जना मात्रै स्थायी दरबन्दी छ तर सरुवा गर्‍यो जानुहुन्न, नेताहरूबाट पावर लगाउनुहुन्छ, अनि नेताहरूले पनि मेरो मान्छेलाई किन सरुवा गरेको रोक भन्दै फोन गर्नुहुन्छ ।’ 

मन्त्री पौडेलले थपे, ‘भाषण ठूला-ठूला गर्ने तर आफ्नो मान्छेको सरुवा गर्दा रोक्न दबाब दिनुहुन्छ । यसले गर्दा उपत्यका बाहिरका सरकारी अस्पतालमा विशेषज्ञ चिकित्सक पुर्‍याउनै समस्या छ, हामीले चिकित्सकलाई अनुनय-विनय गरेका छौँ, सरकारी जागिर खाएपछि खटाएको ठाउँमा गइदिनुस् ।’

मन्त्री पौडेलले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी समालेको एक वर्षमा आफूले स्वास्थ्य सेवामा उल्लेखनीय काम गरेको पनि बताएका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ५ : ५२ बजे

मधेशवासी समुदायलक्षित आपत्तिजनक नारा पोतेको आरोपमा एकजना पक्राउ

काठमाडौं- काठमाडौंका सार्वजनिक स्थानमा तराई-मधेशका समुदाय लक्षित आपत्तिजनक नारा लेखेको

निःशुल्क स्वास्थ्य शिविरबाट ७० ज्येष्ठ नागरिक लाभान्वित

काठमाडौं– पुस्तान्तरण नेपालद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य, मनोसामाजिक तथा दन्त शिविरबाट

ग्रीन आर्मीको स्पष्टीकरण : खारेज भएको होइन, निरन्तर सक्रिय छौँ

काठमाडौं- ग्रीन आर्मी नेपालले संस्था खारेज भएको भन्ने समाचार तथा

ताँदी नदीमा बेलीब्रिज जडान जारी

नुवाकोट– नुवाकोटको देवीघाट बजारको ताँदी नदीमा बेलीब्रिज जडान सुरु भएको

बाढीमा ज्यान गुमाएकाको सम्झनामा भिक्षुको प्रार्थना (तस्बिरहरू)

नुवाकोट– भदौ १० गते त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा ज्यान