फ्रान्सेली विदेशमन्त्री किएभमा | Khabarhub Khabarhub

फ्रान्सेली विदेशमन्त्री किएभमा


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – फ्रान्सका विदेशमन्त्री जाँ–नोएल ब्यारो रूस विरुद्धको लडाइँमा युक्रेनलाई समर्थन गर्ने उद्देश्यले दुई दिने भ्रमणका लागि सोमबार किएभ आइपुगेको जनाइएको छ ।  

ब्यारोँले युक्रेनी समकक्षी एन्ड्री सिबिगा, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र नव–मनोनीत प्रधानमन्त्री युलिया स्विरिडेन्कोलाई भेट्ने अपेक्षा गरिएको छ ।

‘फ्रान्स र युरोपेली सङ्घले रूसविरुद्ध अपनाएको प्रतिबन्धको सन्दर्भमा मन्त्रीले युक्रेनका लागि फ्रान्सको समर्थनको समीक्षा गर्ने कार्यक्रम तय भएको फ्रान्सेली विदेश मन्त्रालयले  प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

युरोपेली सङ्घले शुक्रबार युक्रेन युद्धलाई लिएर रूसमाथि नयाँ प्रतिबन्ध जारी गरेको छ । यसको परिणामस्वरुप विश्वमा निर्यात हुने रूसी तेलको मूल्यलाई बजार मूल्यभन्दा १५ प्रतिशतले कम गरेको जनाइएको छ ।

‘रुसी सेनाले युक्रेनको ऊर्जा पूर्वाधार र युरोपेली महादेशको सुरक्षालाई खतरामा पार्दै नियमित आक्रमणहरू गरिरहँदा युक्रेन भ्रमणमा रहेका मन्त्रीले चेर्नोबिल आणविक उर्जा संयन्त्रको समेत भ्रमण गर्ने फ्रान्सेली विदेश मन्त्रालयले जनाएको छ ।  

फ्रान्सले फेब्रुअरीमा रूसी ड्रोनले प्रहार गरेको युक्रेनको चेर्नोबिल आणविक संयन्त्रमा विकिरण नियन्त्रण गर्न मद्दत गर्न योगदान पुर्‍याएको छ । 
 

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ६ : ०० बजे

निजी क्षेत्रलाई विद्युत् व्यापारको अवसर दिनुपर्छ : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् व्यापारमा अब निजी

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक

काठमाडौं- मन्त्रिपरिषद्को बैठक सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको

भारतमा यूपीआईको प्रयोग बढ्दो

काठमाडौं– भारतमा युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) मार्फत हुने कारोबार ह्वात्तै

पूर्वाधारबिनै इम्बोस्ड नम्बर प्लेटमा सरकारको बलजफ्ती

काठमाडौँ– आगामी असोज १ गतेदेखि देशभरका सवारीसाधनहरुमा उच्च सुरक्षा प्रणालीसहितको