फ्रान्सेली विदेशमन्त्री किएभमा « Khabarhub

फ्रान्सेली विदेशमन्त्री किएभमा


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – फ्रान्सका विदेशमन्त्री जाँ–नोएल ब्यारो रूस विरुद्धको लडाइँमा युक्रेनलाई समर्थन गर्ने उद्देश्यले दुई दिने भ्रमणका लागि सोमबार किएभ आइपुगेको जनाइएको छ ।  

ब्यारोँले युक्रेनी समकक्षी एन्ड्री सिबिगा, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र नव–मनोनीत प्रधानमन्त्री युलिया स्विरिडेन्कोलाई भेट्ने अपेक्षा गरिएको छ ।

‘फ्रान्स र युरोपेली सङ्घले रूसविरुद्ध अपनाएको प्रतिबन्धको सन्दर्भमा मन्त्रीले युक्रेनका लागि फ्रान्सको समर्थनको समीक्षा गर्ने कार्यक्रम तय भएको फ्रान्सेली विदेश मन्त्रालयले  प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

युरोपेली सङ्घले शुक्रबार युक्रेन युद्धलाई लिएर रूसमाथि नयाँ प्रतिबन्ध जारी गरेको छ । यसको परिणामस्वरुप विश्वमा निर्यात हुने रूसी तेलको मूल्यलाई बजार मूल्यभन्दा १५ प्रतिशतले कम गरेको जनाइएको छ ।

‘रुसी सेनाले युक्रेनको ऊर्जा पूर्वाधार र युरोपेली महादेशको सुरक्षालाई खतरामा पार्दै नियमित आक्रमणहरू गरिरहँदा युक्रेन भ्रमणमा रहेका मन्त्रीले चेर्नोबिल आणविक उर्जा संयन्त्रको समेत भ्रमण गर्ने फ्रान्सेली विदेश मन्त्रालयले जनाएको छ ।  

फ्रान्सले फेब्रुअरीमा रूसी ड्रोनले प्रहार गरेको युक्रेनको चेर्नोबिल आणविक संयन्त्रमा विकिरण नियन्त्रण गर्न मद्दत गर्न योगदान पुर्‍याएको छ । 
 

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ६ : ०० बजे

लागूऔषधसहित २३ जना पक्राउ

काठमाडौं- नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित

बर्डफ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा

काठमाडौं– सदर चिडियाखाना जावलाखेलमा बर्डफ्लु (एच फाइभ एन वान) को

राष्ट्रपतिरा रातो मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकन

ललितपुर– राष्ट्रपति रामचन्द्र पौडेल र र प्रधानमन्त्री वालेन्द्र शाहले वर्षा

समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा

एजेन्सी– इरान र अमेरिकाबीच स्विट्जरल्याण्डमा हुने भनिएको वार्ता स्थगित भएपछि

राहुघाट जलविद्युत् आयोजना : भौतिक संरचना परीक्षण गर्न सुरु

म्याग्दी– नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको