नेपालमा शिक्षा र स्वास्थ्यका पाँच परियोजनाका लागि भारतको ३९ करोड अनुदान | Khabarhub Khabarhub

नेपालमा शिक्षा र स्वास्थ्यका पाँच परियोजनाका लागि भारतको ३९ करोड अनुदान


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा शिक्षा तथा स्वास्थ्य क्षेत्रका पाँचवटा उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यान्वयन गर्न भारत सरकारले करिब ३९ करोड रुपैयाँ बराबरको अनुदान सहयोग दिने भएको छ।

यस सम्बन्धमा काठमाडौंस्थित भारतीय राजदूतावास, नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा सम्बन्धित परियोजना कार्यान्वयन निकायबीच आज समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको भारतीय दूतावासले जनाएको छ।

सम्झौताअनुसार भारत सरकारको अनुदानमा बन्ने परियोजना

१. धनुषा – बटेश्वर गाउँपालिका–३ मा श्री जनशक्ति माध्यमिक विद्यालय भवन निर्माण
२. पर्सा – पोखरिया नगरपालिकामा श्री महोवनी पद्म माध्यमिक विद्यालय निर्माण
३. अछाम – मेल्लेख गाउँपालिकामा श्री बासुकी माध्यमिक विद्यालय भवन निर्माण
४. बारा – प्रसौनी गाउँपालिका–२ मा बेंगा साह माध्यमिक विद्यालय, छात्रावास तथा पुस्तकालय निर्माण
५. मनाङ – नासोँ गाउँपालिका–५ मा पाँच शैयाको अस्पताल भवन निर्माण

यी परियोजनाहरू सम्बन्धित स्थानीय तह र नेपाल सरकारका निकायमार्फत कार्यान्वयन गरिने भारतीय दूतावासले जनाएको छ ।

भारतीय दूतावासका अनुसार, विद्यालय तथा अस्पताल भवन निर्माणजस्ता संरचनाले स्थानीय जनतालाई गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवा प्रदान गर्न योगदान गर्नेछ।

सन् २००३ यता भारत सरकारले नेपालभरि ५७९ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाएको छ। तीमध्ये ४९६ परियोजनाहरू सम्पन्न भइसकेका छन् भने बाँकी परियोजनाहरू विभिन्न चरणमा छन्।

भारत र नेपालबीचको ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्धको आधारमा भारतले नेपाल सरकारका प्राथमिकताका क्षेत्रमा पूर्वाधार निर्माण तथा जनसाधारणको सशक्तिकरणमा निरन्तर सहकार्य गर्दै आएको छ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ६ : ०९ बजे

आँधीपछि समुद्रमा ४० घण्टा विताएका तीन भियतनामी नागरिकको सकुशल उद्धार

हनोई – भियतनामको समुद्री तटबाट काल्मेगी आँधीपछि आएको बाढीले बगाएका

दिल्ली बिस्फोट अपडेटः ज्यान गुमाउनेको संख्या कम्तीमा १० पुग्यो

काठमाडौँ- भारतको दिल्लीमा रहेको ऐतिहासिक लाल किल्ला स्मारकमा रहेको मेट्रो

ताप्लेजुङमा नेपाल–भारत सीमा स्तम्भको संयुक्त अनुगमन

ताप्लेजुङ – नेपाल–भारत सीमाको ताप्लेजुङ–सिक्किम खण्डमा संयुक्त अनुगमन र गस्ती

दिल्ली विस्फोटमा ज्यान गुमाउनेप्रति मोदीद्वारा दु:ख व्यक्त

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा सोमबार साँझ भएको विस्फोटमा

अफगानिस्तानका पूर्वकप्तान नैब लुम्बिनीबाट एनपीएल खेल्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)का लागि लुम्बिनी लायन्सले अफगानिस्तानका