पार्टीको सिद्धान्तबारे जनतालाई बुझाउन सके बहुमत प्राप्त हुन्छ : देउवा | Khabarhub Khabarhub

पार्टीको सिद्धान्तबारे जनतालाई बुझाउन सके बहुमत प्राप्त हुन्छ : देउवा


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पार्टीको सिद्धान्तबारे जनतालाई राम्रोसँग बुझाउन सके पार्टीले बहुमत प्राप्त गर्न सक्ने बताएका छन् ।  

कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागले सोमबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको सम्मान कार्यक्रममा सभापति देउवाले प्रतिस्पर्धी पार्टी भन्दा राम्रो सिद्धान्त कांग्रेसको रहेकाले यसबारे जनतालाई बुझाउन सके पार्टीले बहुमत प्राप्त गर्न सक्ने बताएका हुन् । सबैभन्दा पुरानो पार्टी कांग्रेसको प्रजातान्त्रिक समाजवाद अन्य दलको भन्दा फरक रहेको उनको भनाइ छ ।

सभापति देउवाले सबै नागरिकहरूलाई समावेश गर्ने गरी समावेशी सिद्धान्तका आधारमा बनेको संविधान र निर्वाचन प्रक्रिया रहेकाले सबैको समर्थन प्राप्त गर्न सक्ने अघि बढ्नुपर्नेमा जोड दिए ।  

त्यस्तै कांग्रेस महामन्त्री गगन कुमार थापाले पुरानो सबै थोत्रो र मूल्यहीन भन्ने समाजमा रहेको जबरजस्त नकारात्मक भाष्यबाट कांग्रेस निस्कनुपर्ने बताए । आफ्नो पार्टी पुरानो भएकोमा गौरव राख्दै नयाँ कुरालाई सिक्न तयार रहेको उनले बताए ।   

थापाले पुराना कुरालाई जोगाउँदै नयाँ ज्ञानको खोजी गर्नका लागि पार्टी कार्यालयमा पुस्तकालय स्थापना गरेको उल्लेख गरे  । कार्यक्रममा पार्टी कार्यालयमा पुस्तकालय स्थापना गर्न सहयोग गर्ने व्यक्तिहरूलाई सम्मान गरिएको थियो । 

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ६ : २८ बजे

पुल नहुँदा ‘मेची पारि’को विद्यालयमा पठनपाठन ठप्प

झापा– ‘मेची पारिको नेपाल’ भनेर चिनिएको मेचीनगर नगरपालिका–१५ स्थित ग्वालबस्तीको

माधव नेपाल भन्छन्- निराशहरूले छाडे पनि हाम्रो पार्टी अघि बढ्दैछ

काठमाडौं- नेकपा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेबाट

सुदूरपश्चिममा ६४ उजुरीमाथि विस्तृत अनुसन्धान गर्दै अख्तियार

भीमदत्तनग– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले ६४ वटा उजुरीमाथि

इन्द्रजात्राको यःसिं लिन वन छिरे मानन्धर समुदायका अगुवा

काठमाडौं– यस वर्षको यँयाः अर्थात् इन्द्रजात्राको लागि ‘यःसिं’ लिन मानन्धर

कालोपट्टी बाँधेर सडकमा उत्रिए निजी स्कुलका शिक्षक (तस्बिरहरू)

काठमाडौं– विद्यालय शिक्षक विधेयकलाई लिएर निजी विद्यालयका शिक्षकहरू आन्दोलित भएका छन्